नयाँ वर्षकै दिन अमेरिकामा भएको आक्रमणबारे के भन्छन् डोनाल्ड ट्रम्प ?
वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देश विश्वमा हाँसोको पात्र बनेको बताएका छन् । सीमा नीति र कमजोर नेतृत्वका कारण यस्तो स्थिति उत्पन्न भएको पनि उनले बताए ।
ट्रम्पले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेनलाई अमेरिकाको इतिहासको सबैभन्दा खराब राष्ट्रपति भनेका छन् ।
‘बाइडेनको खुला सीमा नीतिबारे मैले मेरो र्याली अनि अन्य ठाउँमा धेरै पटक भनेको छु कि अमेरिकामा यति धेरै कट्टरपन्थी इस्लामिक आतंकवाद र हिंसात्मक अपराध हुनेछन् कि विश्वास गर्न गाह्रो हुनेछ । कल्पना गरेको भन्दा पनि खराब समय छ त्यो यही समय हो,’ उनले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनले लेखेका छन् ।
नयाँ वर्षको अवसरमा अमेरिकामा दुई वटा ठुला घटना भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।
लुइसियानाको न्यू अर्लिन्समा एक व्यक्तिले मान्छेको भीडमा ट्रक चलाएर १४ जनाको हत्या गरे । यो घटनामा अरू ३५ जना घाइते भएका थिए ।
यस घटनाका सन्दिग्ध चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस)बाट प्रभावित भएको बताइएको छ । अर्को घटना लस भेगासमा ट्रम्प इन्टरनेशनल होटल बाहिर भएको थियो । होटलको गेट बाहिर साइबर ट्रक विस्फोट भएको छ । यस घटनामा एक जनाको मृत्यु भयो भने अरू ७ जना घाइते भए ।
- ट्रम्पले के भने ?
‘न्याय मन्त्रालय, फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई), डेमोक्रेटको शासन भएको राज्य र स्थानीय अभियोजकहरूले आफ्नो काम गरेका छैनन्,’ एक्समा ट्रम्पले लेखेका छन् ।
बाइडेन अयोग्य र भ्रष्ट भएको अनि आफ्नो सबै समय बाहिरी र आन्तरिक हिंस्रक तत्त्वबाट अमेरिकालाई जोगाउनतिर दिनुको सट आफ्ना राजनीतिक प्रतिद्वन्द्वी र आफूमाथि आक्रमण गर्न खर्च गरेको पनि उनले लेखेका छन् ।
देशमा जे भइरहेको छ त्यसका लागि डेमोक्रेटहरू लज्जित हुनुपर्ने पनि उनले बताए । अमेरिका टुटिरहेको अनि बलियो नेतृत्वले मात्र यसलाई रोक्न सक्ने भन्दै उनले जनवरी २० मा भेट्ने कुरा गरेका छन् । जनवरी २० मा ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा लिन नआएको भन्दै गाउँपालिका उपाध्यक्ष आक्रोशित, सरकारी गाडी तोडफोड
-
अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी
-
चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेको मुद्दामा फैसला
-
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो
-
तत्काल माओवादीको विशेष महाधिवेशन बोलाउन प्रदेश अध्यक्षहरुको दबाब
-
सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने