सुस्मिता मृत्यु प्रकरण : युवकको नाममा कोठा बुक
शुक्रबार, १९ पुस २०८१, १३ : ५६

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा पुस १६ मा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
पुस १६ मा मध्यान्ह उनीसँगै होटलमा गएका युवक फरार छन् । होटलको कोठा ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापाको नाममा बुक भएको भेटिएको छ । युवकका परिवार आलापोटमा बस्छन् । थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी होटलमा बुझाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
होटल बुक गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । सुस्मिताको शरीरमा घाउचोट देखिएको छैन । अनुसन्धान अधिकृतहरूले उनको हत्या भएको आशंका गरेका छन् । उनको मृत्युको कारण खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा