भारतीय ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, पहिलो दिन ११ विकेट खस्यो

सिड्नी । अस्ट्रेलिया र भारतबिचको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिन ११ विकेट खसेको छ । सिड्नीमा जारी पाँचौँ टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको भारत आफ्नो पहिलो पालीमा केवल एक सय ८५ रन बनाउँदै अलआउट भयो ।
जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदासम्म एक विकेट गुमाएर नौ रन बनाएको छ । ओपनर साम कोन्सटस अविजित सात रन बनाउँदै क्रिजमा छन् । अस्ट्रेलियाका अर्का ओपनर उस्मान ख्वाजा भने दुई रन बनाउँदै आउट भए ।
अनुभवी ब्याट्सम्यान उस्मान ख्वाजालाई जसप्रित बुमराहले केएल राहुलद्वारा क्याच गराएका थिए । भारतले पहिलो पालीमा बनाएभन्दा अस्ट्रेलिया एक सय ७६ रनले पछाडि छ ।
त्यसअघि नियमित कप्तान रोहित शर्मा बिना नै मैदानमा ओर्लिएको भारतीय टोलीका ब्याट्सम्यानहरूले निराशाजनक प्रदर्शन गरेका थिए । भारतीय टोलीका कुनै ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेनन् । मध्यक्रमका ब्याट्सम्यान ऋषभ पन्तले सर्वाधिक ४० रन बनाए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान ऋषभले ९८ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । रवीन्द्र जडेजाले पनि टोलीको खातामा २६ रन थपे । उनले पभेलियन फर्किनुअघि ९५ बलमा तीन चौका प्रहार गरे ।
पाँचौँ टेस्टमा कप्तानको भूमिका निर्वाह गरिरहेका जसप्रित बुमराहले १७ बलमा एक छक्का र तीन चौकाको मद्दतले २२ रन बटुले । ऋषभ पन्तका अतिरिक्त बुमराहले मात्र छक्का प्रहार गर्न सके । युवा ब्याट्सम्यान शुभमन गिल पनि २० रनभन्दा अगाडि बढ्न सकेनन् ।
अनुभवी ब्याट्सम्यान विराट कोहली १७ रन बनाउँदै पेभेलियन फर्किए । पछिल्लो समय उनको प्रदर्शन पनि निकै निराशाजनक देखिन्छ । उनी पटक–पटक एउटै गल्ति गर्दै पेभेलियन फर्किने गरेका छन् । वासिङ्टन सुन्दरले १४ र ओपनर यशस्वी जैसवालले १० रन बनाए ।
भारतले अतिरिक्त रुपमा पनि २६ रन पाएको थियो । अस्ट्रेलियन टोलीका बलर स्कट बोल्यान्डले चार विकेट लिए । उनले २० ओभरमा आठ मेडन राख्दै ३१ रन खर्चिए । मिचेल स्टार्कले पनि तीन विकेट हात पारे । प्याट कमिन्सले दुई र नाथन लियोनले एक विकेट लिए ।
पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलिया २–१ ले अगाडि छ । पहिलो टेस्टमा भारत विजयी भएको थियो । दोस्रो र चौथो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो । तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतले पाँचौँ टेस्ट जित्नै पर्ने हुन्छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर