कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
रौतहट । कानुनी सल्लाह अनुसार कर्तव्य ज्यान मुद्दाका फरार एकजना अभियुक्त जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका छन्। अनुसन्धानमा सहयोग गर्ने अभियुक्तलाई सजायमा छुट हुने कानुनी व्यवस्था रहेको प्रहरीले परिवारलाई सल्लाह दिएपछि आरोपी राजदेवी नगरपालिका १ का २० वर्षीय रामनरेश यादव जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका हुन्।
आरोपी यादवमाथि दायर मुद्दाको आधारमा जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्। २०७९ चैत २४ गते आरोपी यादव र राजदेवी १ का २५ वर्षीय गजेन्द्र दाशबिच भएको कुटपिटमा दाशको मृत्यु भएको थियो। घटना लगतै आरोपी यादव फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले उक्त घटनाको अनुसन्धान गरी रामनरेश यादवमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। झन्डै दुई वर्ष देखि फरार रहेका यादवको परिवारलाई भेटेर जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले सम्झाई बुझाई गर्दा उनी हाजिर भएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री भएको भोलिपल्टबाटै प्रचण्डमा पुरानै चरित्र प्रदर्शन हुन थाल्यो : ओली
-
माओवादीले पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको ओलीको आरोप
-
हृदयाघातबाट पालिका कर्मचारीको निधन
-
विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ
-
टीआरसी ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दर्ता
-
उपनिर्वाचनमा माओवादी पहिलो भयो भनेर भ्रामक सन्देश प्रवाह गरियो : ओली