बन्धकहरू छुटाउन वार्ता गर्न तयार भयो इजरायल

तेल अभिभ । इजरायलले हमास र हिजबुल्लाहको बेहाल गरेको छ । तर यति गर्दासम्म पनि उसले गाजामा बन्धक भएर बसिरहेका आफ्ना नागरिकहरूलाई मुक्त गर्न सकेको छैन । इजरायली सरकारले अब वार्तामार्फत बन्धकहरूलाई मुक्त गर्ने प्रयास सुरु गरेको छ ।
यसै सन्दर्भमा इजरायली प्रतिनिधिमण्डल शुक्रवार कतार जाँदैछन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार कतार जाने प्रतिनिधिमण्डललाई स्वीकृत गरेको बताएका छन् । यो प्रतिनिधिमण्डलले बन्धकहरूलाई रिहा गर्न वार्ता गर्ने बताइएको छ ।
कतार पुग्दै हमासको प्रतिनिधिमण्डल
सञ्चारमाध्यमका अनुसार इजरायल र हमासबिच बन्धकहरूको रिहाइसम्बन्धी सम्झौतामा विगत केही दिनदेखि छलफल भइरहेको थियो । कतार जाने प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर एजेन्सी मोसाद, शिन बेट र इजरायली सेना आइडीएफका अधिकारीहरू पनि रहेको बताइएको छ ।
हमासको एक प्रतिनिधिमण्डल पनि कतारको राजधानी दोहा पुग्ने भनिएको छ । बन्धकहरूको रिहाईको लागि अभियान चलाइरहेको बन्धक र बेपत्ता परिवार फोरमले नेतन्याहुको निर्णयको स्वागत गरेको छ । यो अवसरलाई गुमाउन नहुने फोरमको भनाइ छ ।
अझै हमासको कब्जामा छन् सय बन्दी
करिब एक सय बन्धक अहिले पनि हमासको कब्जामा रहेको बताइएको छ । इजरायल र हमास वार्ता गर्न इच्छुक नभएको आरोप लगाउँदै गत नोभेम्बरमा कतार यो वार्ताबाट अलग्गिएको थियो । तर पर्दा पछाडि भने प्रयास जारी थियो । इजरायली प्रतिनिधिमण्डलको अचानक कतार जाने तयारी गर्नुले यो वार्तामा आशा जगाएको छ ।
यसपटक दुई पक्षबिच सम्झौता हुनेमा आफू आशावादी रहेको हमासका एक उच्च अधिकारीले बताएका छन् । हमासले लडाइँ बन्द गर्नुलाई मात्रै बन्धकहरूलाई रिहा गर्ने सर्त बताइरहेको छ । तर इजरायल यसका लागि तयार छैन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासलाई बन्धकहरूलाई छिट्टै रिहा गर्न नत्र गम्भीर परिणाम भोग्न तयार हुन चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले विन्दालाई भने - चिठी नै नभए के को कारवाही ?
-
पटक–पटक म्याद थप र हर्जानाः जेठभित्र 'सञ्चालनमा आउँदै' ग्वार्को ओभरपास
-
सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त
-
एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...
-
शिक्षक आन्दोलन असर : केन्द्राध्यक्ष गोष्ठी रोक्न राष्ट्रिय परीक्षा बोर्डले पठायो पत्र
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर