रोहितविना मैदानमा उत्रेको भारत १ सय ८५ रनमा सीमित

सिड्नी । बोर्डर–गावस्कर ट्रफी अन्तरगतको पाँचौँ तथा अन्तिम टेस्टमा भारतको पहिलो इनिङ्स १ सय ८५ रनमा सीमित बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतलाई सस्तोमा समेट्न स्कट बोल्याण्ड र मिचेल मार्सले घातक बलिङ गरे ।
बोल्याण्डले २० ओभर बलिङ गर्दै उनले ३१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, मार्सले १८ ओभरमा ४९ रन खर्चेर ३ विकेट हात पारे ।
भारतीय टोली कप्तान रोहित शर्माबिना नै मैदानमा उत्रेको थियो । खराब फर्ममा रहेको शर्मालाई अन्तिम टेस्टमा टोलीमा समावेश गरिएन । भारतका लागि विकेटकिपर ऋषभ पन्तले सर्वाधिक ४० रनको योगदान दिए । उनले ९८ बलमा ३ चौका र १ छक्का हिर्काए ।
रवीन्द्र जडेजाले ९५ बलमा २६ रन जोडे । त्यस्तै, शुभमन गिल ६४ बलमा २० रन जोड्दै पभेलियन फर्किन बाध्य भए । विराट कोहलीले ६९ बलमा १७ रन तथा वासिङ्टन सुन्दरले ३० बलमा १४ रन बनाए । खेलको अन्त्यतिर कप्तान जसप्रित बुमराहले १७ बलमा २२ रन बनाए ।
अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले २ तथा नाथन लियोनले १ विकेट लिए । अस्ट्रेलिया शृङ्खलामा २–१ ले अघि रहेको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा