‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतार
शुक्रबार, १९ पुस २०८१, १२ : २१

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक गरिएको छ । भिडियो अभिनयमा साम्राज्ञीलाई अभिनयमा विशाल खरेलले साथ दिएका छन् ।
‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएका सुमित पाठक र ममता गुरुङको स्वर रहेको गीतको म्युजिक भिडियो एलए स्टुडियो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।
सञ्जय न्यौपानेको निर्देशन रहेको भिडियो साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत छन् । भिडियो थाइल्यान्डका रमणीय स्थानमा खिचिएको हो ।
गीतमा शब्द, सङ्गीत र एरेञ्ज गायक पाठक स्वयमले गरेका हुन् । भिडियोमा सौरभ लामाको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक