न्यू अर्लियन्सको ट्रक हमला आतङ्कवादी हमला थियो ?
वासिङ्टन डीसी । न्यु अर्लिन्समा भएको आक्रमणलाई अमेरिकी जाँच एजेन्सी एफबीआईले आतङ्कवादी हमला भनेको छ । उक्त आक्रमण गराउने पूर्व अमेरिकी सैनिक शमसुद्दीन जब्बार आतङ्कवादी र इस्लामिक स्टेट (आईएसआईएस)को समर्थक भएको एफबीआईको भनाइ छ । उनी गएको गर्मीयाममा आईएसआईएसमा सामेल भएका थिए । उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको बताइएको छ । यसअघि सो घटनामा १५ जनाको ज्यान गएको भनिएको थियो ।
एफबीआईका उपसहायक निर्देशक क्रिस्टोफर रायाले पत्रकार सम्मेलनमा जब्बारले आइएसको समर्थनमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेको बताए । सुरुमा उनको योजना आफ्नै परिवारका सदस्य र साथीभाइलाई मार्ने थियो । तर यसो गर्दा विश्वासी र अविश्वासीबिचको युद्धको उद्देश्य पूरा हुँदैनथ्यो ।
जब्बारले डिसेम्बर ३० मा ह्युस्टन टेक्सासमा ट्रक भाडामा लिएको रायले बताएकी छिन् । त्यसपछि डिसेम्बर ३१ को साँझमा न्यू अर्लिन्स आए । उनले आफ्नो फेसबुक अकाउन्टमा आईएसआईएसको समर्थनमा ५ वटा भिडियो पोस्ट गरेका छन् । पहिलो भिडियोमा जब्बारले आफ्नो पुरानो योजनाको बारेमा बताएका थिए ।
अमेरिकाको न्यु अर्लिन्समा जनवरी १ को राति नयाँ वर्ष मनाउने भिडलाई जब्बारले ट्रकले कुल्चिएका थिए । यो घटना राति ३ः१५ बजेको हो । त्यतिबेला हजारौँ मानिस सहरको सबैभन्दा व्यस्त बोर्बाेन सडकमा नयाँ वर्षको उत्सव मनाइरहेका थिए । यसैबिच अचानक एउटा गाडी भीडलाई कुल्चाउँदै अगाडि बढ्यो ।
यसपछि आक्रमणकारी पिकअप ट्रकबाट बाहिर आएर मानिसहरूको भीडमा गोली चलाउन थाले । जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलायो । यस क्रममा आक्रमणकारीको मृत्यु भयो । भिडन्तमा दुई प्रहरी पनि घाइते भएका छन् । यस हमलामा ३५ जना घाइते भएका छन् । घटनास्थलमा लामो बन्दुक बाहेक दुईवटा घरेलु बम र आईएसआईएसको एउटा झन्डा भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा माओवादी पहिलो भयो भनेर भ्रामक सन्देश प्रवाह गरियो : ओली
-
ओलीको राजनीतिक प्रतिवेदन : प्रचण्डको दाउपेचका कारण नयाँ राजनीतिक कोर्ष
-
एमाले केन्द्रीय समिति बैठकमा ओलीद्वारा ४७ पृष्ठ लामो प्रतिवेदन पेस
-
वरिष्ठ पत्रकार थापालाई शहिद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार
-
गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई भने दियो अनुमति
-
माओवादी केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति पनि सहभागी