तत्काललाई येओललाई समात्ने प्रयास स्थगित
सोल । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई समात्ने प्रयास स्थगित गरिएको छ । येओललाई पक्राउ गर्न भनेर गरेका अनुसन्धाताहरूलाई ६ घन्टासम्म पनि येओलका सुरक्षा टोलीले भित्र छिर्न नदिएपछि उनीहरू रित्तो हात फर्किएका हुन् । उनलाई समात्न व्यवहारिक रूपमा सम्भव छैन भन्नेमा आफूहरू निश्चिन्त रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)ले भनेको छ ।
डिसेम्बर ३ मा ६ घन्टा मार्शल लगाउने येओलको प्रयासमाथि सीआईओले छानबिन गरिरहेको छ । समीक्षा पछि अर्को कदम निर्धारण गरिने सीआईओले भनेको छ । येओलले कानुनी प्रक्रिया नमान्नु अति नै खेदजनक भएको पनि कार्यालयले बताएको छ । कयौँ दिन देखि येओलका समर्थकहरू उनको आवासबाहिर धर्ना दिएर बसिरहेका छन् ।
भुईँमा बसेर धर्ना दिइरहेकाहरूको सुरक्षालाई ध्यानमा राखेर अहिलेका लागि अपदस्थ राष्ट्रपतिलाई समात्ने प्रयास त्यागिएको पनि सीआईआले भनेको छ । येओललाई समात्नका लागि अनुसन्धानकर्ताहरूसँग जनवरी ६ सम्मको म्याद छ । त्यो दिनपछि पक्राउको म्याद सकिनेछ । शुक्रबार बिहानै देखि मध्य सोलमा रहेको येओलको आवासबाहिरको सडकमा दर्जनौँ प्रहरीको गाडी लामबद्ध भएर बसेको थियो ।