रुसमा बशर अल–असदलाई खुवाइएको हो विष ?

मस्को । सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असद एक पटक पुनः चर्चामा छन् । तर उनको चर्चाको कारण यस पटक राम्रो भने छैन । परिवारको साथमा रुसमा बसिरहेका असदलाई विष खुवाएर मार्ने कोसिस भएको बताइएको छ ।
सबैभन्दा पहिला यो दाबी रुसका पूर्व जासुस र रुसी विदेशी गुप्तचर एजेन्सीका एक पूर्व सदस्यले गरेका थिए । रुसमा राजनीतिक शरणमा बसिरहेका असदलाई विष दिएर मार्ने कोसिस गरिएको पूर्व रुसी जासुसले टेलिग्राम च्यालन जनरल एसभीआरमा दाबी गरेका हुन् ।
टेलिग्राम च्यालन जनरल एसभीआरमा जारी भएको रिपोर्टका अनुसार आइतबार असदलाई सास फेर्न समस्या हुन थाल्यो, बेचैन बढ्दै गयो । यो लगत्तै डाक्टरको एउटा समूहले उनको उपचार गरेको भए पनि उनको अवस्था बिग्रँदै गएको बताइएको छ ।
स्थिति बिग्रिन थालेपछि उनलाई पानी खान दिइएको र यसपछि उनले केही क्षण राहत महसुस गरेको भए पनि सहनै नसक्ने गरी टाउको दुख्न थालेको र पेटमा पनि पीडा भइरहेको गुनासो गर्न थाले ।
असदको अवस्थाबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयलाई जानकारी गराइएको तर पुटिनले असदलाई अस्पतालमा नभएर घरमै उपचार गराउन आदेश दिएको पनि रिपोर्टमा भनिएको छ । रगत परीक्षणको क्रममा उनको शरीरमा विषालु तत्त्व भेटिएको भनिएको छ । तर अहिलेसम्म असदको शरीरमा विष कसरी पुग्यो भन्ने चाँहि पत्ता लाग्न नसकेको बताइएको छ । असदलाई विष खुवाइएको समाचारको रुसले भने मनगढन्ते भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
-
कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
-
चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार