भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना, श्रीमान्को मृत्यु
शुक्रबार, १९ पुस २०८१, ११ : ४३

काठमाडौँ । भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमी–२ मा सानोथिमीबाट मगरगाउँतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेका सानोथिमी बस्ने ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि सवारी उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्कुटर प्रहरी प्रभाग सानोथिमीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ
-
बुमराहको फिटनेस अपडेट, मुम्बईलाई झट्का
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास
-
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ