प्रचण्ड लक्षित अर्जुननरसिंह केसीको टिप्पणीः ओठे भक्तिको प्रदर्शनले देश बन्दैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देश जटिल र चुनौतीपूर्ण परिस्थितिमा रहेको बताए । उनले आम जनतामा निराशा, अविश्वास र आशङ्काको स्थिति रहेको बताए । उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि अध्यक्ष दाहाललाई सचेत गराए ।
भ्रष्टाचार नियन्त्रणको निम्ति एउटा निष्पक्ष ढङ्गबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह केसीले आग्रह गरे ।
‘देश अत्यन्त जटिलतम र चुनौतीपूर्ण परिस्थितिमा छ । आम जनतामा निराशा, अविश्वास र आशङ्काको स्थिति छ । दण्ड विहीनता, विधि विहीनता र हामी सुशासनको नाममा निरन्तर ओठे भक्ति त प्रदर्शन गरिरहेका छौँ तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचार मुक्त समाज हो', उनले भने।
प्रचण्डलाई लक्षित गर्दै उनले भने, 'भ्रष्टाचार निवारण गर्न मुखले ओठे भक्ति गरेर मात्रै होइन, अहिलेसम्म नेपालमा चर्चित भ्रष्टाचार, संसदमा उठेका पक्ष, विपक्षले उठेका भ्रष्टाचारको छानविन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढङ्गबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौँ ।’
नेता केसीले सत्तामा पुगेकाहरूलाई जानीजानी भ्रम फैल्याएर बदनाम गर्न खोजिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?