सर्वोच्चमा शुक्रबार 'भ्रष्टाचार स्पेसल' : चार इजलासमा १०० थान मुद्दा पेसी

काठमाडौँ । शुक्रवार सर्वोच्च अदालतमा इजलास तोकिँदा भ्रष्टाचार स्पेसल देखिएको छ । १० वटा इजलास तोकिएकोमा चार बेञ्जहरुमा भ्रष्टाचारका मुद्दा मात्र पेसी तोकिएको छ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेल, कुमार रेग्मी र टेकप्रसाद ढुङ्गाना, तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेल तथा शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेको छुट्टाछुट्टै संयुक्त इजलासमा भ्रष्टाचार सम्बन्धी मुद्दा पेसी तोकिएका हुन् । हरेक इजलासमा २५ थान गरी कुल १०० थान मुद्दा पेसी तोकिएका हुन् ।
न्यायाधीशद्वय मल्ल र पौडेलको इजलासमा सबै भ्रष्टाचारका मुद्दा पेसी तोकिएका छन् ।
उक्त इजलासमा २५ थान मुद्दा पेसीमा छन् भने सबै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेका भ्रष्टाचारका मुद्दा छन् ।
प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको, गुणस्तरहीन सामाग्री खरिद गरी भ्रष्टाचार गरेको र नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेकोसम्म दाबी गरिएका मुद्दा उक्त इजलासमा पेसी छ।
त्यस्तै न्यायाधीशद्वय रेग्मी र ढुङ्गानाको इजलासमा पनि भ्रष्टाचारका २५ थान मुद्दा पेसी तोकिएका छन् ।
झुटा विवरणका आधामा कर्जा लिएको देखि सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएकासम्म मुद्दा पेसीमा रहेका छन् ।
न्यायाधीशद्धय श्रेष्ठ र पोखरेलको इजलासमा पनि भ्रष्टाचारका मुद्दा मात्र पेसीमा छन् । उक्त इजलासमा २५ मुद्दा पेसीमा छन् । श्रेष्ठ र पोखरेलको इजलासमा राजश्व चुहावटदेखि नक्कली बैंक ग्यारेन्टी बनाई भ्रष्टाचार गरेका मुद्दासम्म रहेका छन् । न्यायाधीशद्वय सुवेदी र पाण्डेका इजलासमा परीक्षाको परिणाम फेरबदल देखि घुस र गैरकानुनी लाभ लिएकासम्म मुद्दा पेसी रहेका छन् ।
विशेष अदालतले दोषी ठहर गरेका यातायातका सात कर्मचारीहरूको भ्रष्टाचार मुद्दा पनि पेसीमा रहेको छ।
विशेषले यातायात व्यवस्था कार्यालय पोखराका निमित्त प्रमुखसमेत सात कर्मचारीलाई २०८० मंसिरमा सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु