भारतीय टोलीका कप्तान रोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान !

काठमाडौँ । भारत र अस्ट्रेलियाबिचको पाँचौँ तथा अन्तिम टेस्ट हाल सिड्नीमा जारी छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने सम्भावना कायम राख्न भारतीय टोलीले यो खेल जित्नै पर्ने हुन्छ ।
तर, भारतीय टोलीका कप्तान रोहित शर्मा भने पाँचौँ टेस्टमा उपस्थित छैनन् । पाँचौँ टेस्टका लागि घोषित टोलीमा रोहितलाई समावेश नै गरिएन । कप्तानले नै टोलीमा स्थान नपाएपछि अहिले यो विषय समर्थकहरूमाझ ठुलै चर्चाको विषय बनेको छ ।
तर, प्रशिक्षक गौतम गम्भीरले भने रोहित शर्माकै आग्रहमा उनलाई टोलीमा समावेश नगरिएको बताएका छन् । पछिल्लो समयमा भारतीय टोलीका दुई अनुभवी ब्याट्सम्यान रोहित र विराट कोहलीको प्रदर्शन निकै निराशाजनक देखिएको छ ।
त्यसैले पनि कप्तान रोहित पाँचौँ टेस्टबाट बाहिरिएका हुन् । अर्का ब्याट्सम्यान विराट पाँचौँ टेस्टमा चल्न सकेनन् । उनी केवल १७ रन बनाउँदै पेभेलियन फर्किए । विराटमत्र होइन, माथिल्लो क्रमका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
चौथो टेस्टमा पराजित भएपछि कप्तान रोहित र विराटको सन्न्यासको विषयले पनि निकै चर्चा पाएको छ । भारतीय सञ्चारमाध्यमहरुले सिड्नी टेस्टलगत्तै कप्तान रोहितले सन्न्यास लिने दाबी पनि गरेका छन् ।
जे होस, भारतीय क्रिकेटका सफलत खेलाडीमध्येका एक रोहितको पछिल्लो अवस्था भने सहज छैन । भारतीय क्रिकेटको पछिल्लो ९२ वर्ष लामो इतिहासमा कुनै पनि शृंखलाको कप्तानको जिम्मेबारीमा रहेर पनि सोही शृंखला अन्तर्गतको खेल खेल्न नपाउने पहिलो कप्तान बनेका छन्, रोहित शर्मा ।
रोहित आफैले पाँचौँ टेस्ट खेल्ने चाहना नराखे पनि वा अन्य कारणले उनी टोलीमा नपरे पनि एउटा खराब कीर्तिमान भने उनको नामसँग जोडिन पुगेको छ । यसअघि पहिलो टेस्टमा पनि रोहित टोलीमा सहभागी थिएनन् ।
पाकिस्तानी टोलीमा भने यसअघि यस्तो घटना भइसकेको छ । सन् २०१४ मा पाकिस्तान र अस्ट्रेलियाबिच एकदिवसीय शृंखला खेलिएको थियो । त्यतिबेला पाकिस्तानी टोलीका कप्तान मिसबाह– उल–हक थिए । तर, उनी त्यो शृंखलाको तेस्रो खेलका लागि टोलीमा परेका थिएनन् । त्यतिबेला उनको स्थानमा टोलीको कप्तानी शाहिद अफरिदीले गरेका थिए ।
यसैगरी, श्रीलंकाली क्रिकेटमा पनि एकपटक यस्तो घटना भएको छ । सन् २०१४ मा टी–२० विश्वकपका क्रममा दिनेश चन्डिमल श्रीलंकाली टोलीका कप्तान थिए । त्यो विश्वकपमाको सेमिफाइनल र फाइनल खेलमा चन्डिमल टोलीभन्दा बाहिर थिए ।
यसका अतिरिक्त, इङ्ल्यान्डको टोलीमा पनि एकपटक यस्तो घटना भएको छ । सन् १९७४ मा खेलिएको एसेस शृंखलामा इङ्ल्यान्डका कप्तान थिए, माइक डेनिस । तर, त्यो शृंखलाको चौथो टेस्टमा उनी टोलीबाट बाहिर रहेका थिए । तर, पाँचौँ टेस्टमा भने उनी टोलीमा फर्किएका थिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी