चिटफन्ड घोटालामा शुभमन गिलसहित चार क्रिकेटरको नाम
काठमाडौँ । चार सय ५० करोड भारतीय रुपैयाँको चिटफन्ड घोटाला काण्डमा भारतका चर्चित क्रिकेटरहरुको नाम पनि मुछिएको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार, सोही विषयलाई लिएर प्रहरीले केही क्रिकेटरलाई सोधपुछका लागि बोलाएको छ ।
गुजरात सीआईडीले चिटफन्ड घोटाला काण्ड सार्वजनिक गरेको हो । उक्त काण्डमा भारतीय क्रिकेटर शुभमन गिल, राहुल तेवतिया, मोहित शर्मा र बी. साई सुदर्शनको नाम जोडिएको हो । उनीहरुलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
अनुशन्धानका क्रममा भुपेन्दैसिंह झालाले यी क्रिकेटरको नाम लिएका हुन् । झाला बीजेड समूहका मालिक हुन् । झालाले यी खेलाडीमार्फत लगानी गरिएको रकम हालसम्म फिर्ता नआएको बयान प्रहरीलाई दिएका हुन् ।
प्रहरी अनुशन्धानमा खुले अनुशार, इन्डियन प्रिमियर लिग टिम गुजरात टाइटन्सका कप्तान शुभमन गिलले एक करोड ९५ लाख रुपैयाँ लगानी गरेका थिए । अन्य क्रिकेटरले भने योभन्दा कम रकम लगानी गरेका थिए । प्रहरीका अनुसार, चिटफन्ड घोटालामा दोषी पाइएमा यी क्रिकेटरलाई पनि सजाय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत