लुम्बिनीका प्रदेश सरकार मातहतका सबै अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र
बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रूपमा अघि बढेका छन् । उनले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रूपमा पुर्याउन, अस्पताल तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिकमैत्री बनाउने गरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुने गरी सुधारका काम गरेको पाइएको छ ।
प्रदेश भित्रका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूको सेवा र लाग्ने शुल्क सबैले थाहापाउने गरी सार्वजनिक गर्न लगाएका छन् । मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको पाइएको हो । प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूमा शुल्क सहितको नागरिक वडा पत्र राखिएको र निजी अस्पतालहरुले पनि मन्त्रालयको निर्देशन अनुसार शुल्क सहितको नागरिक वडा पत्र राख्न थालेका छन्।
अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सेवाग्राहीले सहज रूपमा देख्न, पढ्न सक्नेगरी नागरिक बडापत्र टाँस गर्न थालेका छन् । ‘स्वास्थ्य संस्थाको टिकट काउन्टरदेखि ल्याब, एक्सरे लगायतका सेवा लिँदा शुल्क बुझाउनुपर्ने हुन्छ । प्रदेश स्वास्थ्य संस्था स्थापन, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ को दफा २४ मा स्वास्थ्य संस्थाले सेवा शुल्क सहितका नागरिक बडापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नु पर्ने उल्लेख छ ।
अहिले त्यही व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेपछि कार्यान्वयन हुन थालेको हो । तहगत स्वास्थ्य संस्थामा उपलब्ध सेवा–सुविधाहरू तथा सेवा शुल्क अनिवार्य रूपमा आम जनताले देख्न सक्नेगरी सार्वजनिक स्थानमा राख्न तथा वेबसाइटमा प्रकाशित गर्नुपर्ने र उक्त कार्य सम्पन्न गरी मन्त्रालयमा स–प्रमाण पठाउन निर्देशन जारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमरा बाहेक तराईका सबै विमानस्थल खुला
-
गाजामा इजरायलले गरेको हवाई हमलामा फेरि २१ जनाको मृत्यु
-
एक हप्ताअघि घरबाट भागेका केटाकेटी मृत फेला
-
संविधान परिमार्जनमा सुझाव दिन परियारको नेतृत्वमा रास्वपाले बनायो कार्यदल
-
सुदूरपश्चिमभर निःशुल्क रगत उपलब्ध गराइने, १ करोड बजेट विनियोजन
-
माओवादीको अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने