आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

एफबीआईले भन्यो-न्यू अर्लिन्समा एक्लै नरसंहार मच्चाउने जब्बार सेनाका अनुभवि

शुक्रबार, १९ पुस २०८१, ०५ : ००
शुक्रबार, १९ पुस २०८१

काठमाडौं । अमेरिकी संघीय जाँच व्यूरो एफबीआईले अंग्रेजी नयाँ वर्षको विहान न्यू अर्लिन्समा पिकअक ट्रकले नरसंहार मच्चाउने शमसूद–दीन जब्बारले घटना एक्लैले घटाएको तथ्य बाहिर ल्याएको छ । 

एफबीआई अधिकारीहरुका अनुसार ४२ वर्षीय जब्बार सेनाका अनुभवी समेत हुन् । उनले नयाँ वर्ष मनाउन जम्मा भएकाहरुको भीडमा पिकअप दौडाएर १४ जनाको हत्या गरे भने कयौँलाई घाइते बनाए । 

ट्रक आक्रमणका दौरान प्रहरीसँग भएको गोलीबारीमा मारिएका जब्बारले अतिवादी समूह इस्लामिक स्टेटप्रति निष्ठा रको घोषणा गर्दै एक अनलाइन भिडियो पोष्ट गरेका थिए । 

प्रहरीका अनुसार टेक्सासका उनले आक्रमण पहिले कुलर बक्समा दुई विष्फोटक उपकरण राखेका थिए । जसलाई पछि अधिकारीहरुले पञ्छाएका थिए । यस्तै, एफबीआईले लस भेगासमा ट्रम्प होटल बाहिर भएको विफस्फोटसँग ट्रक आक्रमणकाृ कुनै सम्बन्ध नरहेको पुष्टि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप