जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
शुक्रबार, १९ पुस २०८१, ०० : १८

चैनपुर । जीप दुर्घटना हुँदा बझाङमा एकै परिवारका तीनसहित जिपमा सवार चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए ।
उनका नुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । जीप चालक केदारस्यूँ गाउँपालिका-१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका-४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको हो भने धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको प्रजिअ भट्टराईले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह