बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
बिहीबार, १८ पुस २०८१, २३ : २२
चैनपुर । जिप दुर्घटना हुँदा बझाङमा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा केहीबेर अघि धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।
दुर्घटनामा घाइते एक बालिकाको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । दुर्घटनाबारे थप विवरण संकलन गर्ने प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घट्नास्थल पुगेको प्रजिअ भट्टराईले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकहरूद्वारा इमर्जेन्सीबाहेकका सेवा बहिष्कारको घोषणा
-
वीर अस्पतालका कार्यकारी निर्देशक पौडेलद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक
-
रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित
-
नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख
-
सुस्तावासी दशकौँदेखि नागरिकता र भूमि सम्बन्धी समस्या झेल्दै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’