लक्ष्मी स्टील्समा क्रेनले च्यापिएर एक मजदुरको मृत्यु
बिहीबार, १८ पुस २०८१, २१ : ०१
बुटवल । पश्चिम नवलपरासीको सुनवल–७ लक्ष्मी स्टील्समा रड लोड गर्ने क्रेनमा च्यापिएर एकजना मजदुरको मृत्यु भएको छ ।
कम्पनीमा काम गर्ने रुपन्देहीको मायादेवी गाउँपालिका–५ का २५ वर्षीय सुरेश चौधरीलाई क्रेनले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कम्पनीमा रड लोड गर्ने क्रममा खुट्टा चिप्लिन पुग्दा नजिकै रहेको क्रेनले च्यापेपछि चौधरी घाइते भएका थिए । उपचारका लागि देवदह मेडिकल कलेज भलुही ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
चौधरी विगत पाँच महिनादेखि लक्ष्मी स्टील्समा लेबरको रूपमा कार्यरत रहेका थिए । क्रेन र क्रेन साहुलाई नियन्त्रणमा लिइएको नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए ।