पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रूपान्तरणले महत्त्व पाउने छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रूपान्तरणको क्षेत्रलाई महत्त्व दिइएको बताएका छन् । जनसांस्कृतिक महासंघले बिहीबार गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरूसँगको भेटघाटमा उनले यस्तो जानकारी दिएका हुन् ।
‘आजदेखि निकै उत्साहपूर्णरुपमा पार्टी स्थायी समितिको बैठक सुरु भएको छ’, अध्यक्ष प्रचण्डले भने,‘हामी रूपान्तरण र पुनर्निर्माणको अभियानमा जाँदैछौं, यो बेलामा सांस्कृतिक रूपान्तरणलाई महत्वका साथ अघि सारिएको छ ।’
पार्टीको स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्त्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उनले यसले पार्टीभित्रको सांस्कृतिक रूपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरूप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्त्व दिइएको बताए ।
पार्टी र राज्यसत्ता दुबैमा सांस्कृतिक रूपान्तरणलाई महत्वका साथ हेरिनुपर्ने पनि उनले स्पष्ट गरे ।
पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाहरूले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई अझै बढाएर लैजानुपर्ने बताए । त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने पनि उनले स्पष्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले