इजरायलको आक्रमणमा मर्ने ११ जनामा हमासका प्रहरी प्रमुख पनि
बिहीबार, १८ पुस २०८१, १७ : ३३

गाजा । इजरायलले दक्षिण गाजामा गरेको आक्रमणमा कम्तीमा ११ जना प्यालेष्टिनीको मृत्यु भएको छ । यसरी मर्नेमा गाजामा हमासद्वारा सञ्चालित प्रहरी बलका प्रमुख पनि परेको बताइएको छ ।
खान युनिसको पश्चिममा रहेको अल–मावासी भएको यस आक्रमणमा परेर तीन जना बालबालिका र दुई महिलाको पनि मृत्यु भएको बताइएको छ ।
यस आक्रमणलाई हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले प्रहरी महानिर्देशक महमुद सलाह र उसको सहयोगी हसम शाहवानको हत्या भनेको छ । आक्रमणको समयमा यी दुईले मानवीय र राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको भनिएको छ । हालैका दिनमा इजरायलले गाजामा आक्रमण तीव्र बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीमा कति समय बस्नु सुरक्षित छ?
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव