काठमाडौँसहित विभिन्न स्थानमा दुर्घटना, चार जनाको मृत्यु
बिहीबार, १८ पुस २०८१, १६ : १२
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- काठमाडौँ, तारकेश्वर नगरपालिका-७ महादेव खोलास्थित सडकमा बा.३ ख ३३४४ नम्बरको मिनी टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने झापा दमक नगरपालिका घर भएकी २५ वर्षीया सबिना घलेको छोरा ३ वर्षीय दिप्शन कुमार धिमालको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- रुपन्देही, बुटवल उपमहानगरपालिका-१० चौराहा चोकस्थित सडकमा खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ८५५९ नम्बरको माइक्रो बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- नवलपरासी पश्चिम, सुनवल नगरपालिका-७ चारपालास्थित लक्ष्मी स्टिल फ्याक्ट्रीमा लु.१ क ३००१ नम्बरको क्रेनले किचेर सोही फ्याक्ट्रीमा काम गर्ने रुपन्देही मायादेवी गाउँपालिका-५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ । क्रेनले किचेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार क्रेन चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बिपि चोकस्थित सडकमा वीरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु.१ ख ६८९३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका-५ बस्ने ७० वर्षीय टेक बहादुर गिरीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले