बंगलादेशमा चिन्मय दासलाई झट्का, अदालतले दिएन जमानत

ढाका । हिन्दु पुजारी तथा इस्कानका पूर्व नेता चिन्मय कृष्ण दासलाई अर्को झट्का लागेको छ । बंगलादेशको एक अदालतले बिहीबार उनलाई जमानत दिन अस्वीकार गरेको हो ।
दासलाई देशद्रोहीको मुद्दामा नोभेम्बर २५ मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
उनी यसअघि इन्टरनेशनल सोसाइटी फर कृष्णा चेतना (इस्कोन)सँग आबद्ध थिए । राजद्रोहको मुद्दामा चट्टोग्रामको छैटौँ महानगरीय मजिस्ट्रेट काजी शरीफुल इस्लामले जमानत खारेज गरेपछि नोभेम्बर २६ मा दासलाई लाई जेल पठाइएको थियो । दास बंगलादेश सम्मिलित सनातन जागरण जोत संगठनका प्रवक्ता पनि थिए ।
सरकारले जमानतमा रिहा गर्न विरोध गरेको चट्टोग्राम जिल्ला बार एसोसिएसनका अध्यक्ष नाजिम उद्दिन चौधरीले भनेका छन् । दासविरुद्ध देशद्रोहीको मुद्दा चलिरहेको र यस्तो अवस्थामा जन्मकैदको सजाय हुने पनि उनले बताए । दुवै पक्षको ३० मिनेटको बहस सुनेर चट्टोग्राम महानगरीय सत्र न्यायाधीश सैफुल इस्लामले जमानतको निवेदन खारेज गरेका थिए । चिन्मय दासका वकिल अपूर्वकुमार भट्टाचार्यले भने जमानतका लागि उच्च अदालतमा अपिल गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?