समिति बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको निर्देशन
काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय समितिका बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।
दुई दलका तर्फबाट बनेको विधेयक कानुन निर्माण सहजीकरण कार्यदलको बैठकले सांसदहरुलाई यस्तो निर्देशन दिएको हो ।
बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समितिमा रहेका विचाराधीन विधेयकहरूका बारेमा छलफल भएको बताए । उनले विधेयकहरूमा छलफल भइरहेको अवस्थामा दुई दलका तर्फबाट विधेयकमा उठेका विषयबारे आगामी यात्राका सन्दर्भमा समीक्षा गरेको बताए ।
‘विशेषगरी ६ वटा समितिमा विधेयकहरू छन् । अर्थ समितिमा पाँच वटा, राज्य व्यवस्थामा चार, शिक्षामा दुई, पूर्वाधारमा दुई, कानुनमा एक र उद्योग समितिमा एउटा’, बर्तौलाले भने, ‘जहाँ विधेयक रहेका समितिमा दुवै दलले फोकल पर्सन तय गरेको छौँ ।’
उनले दुवै दलका फोकल पर्सनसहितको बैठक पुस २४ गते बस्ने जानकारी दिदै समिति सभापति र मन्त्रीहरूसँग समेत छलफल गर्ने बताए ।
‘संसदीय समितिका बैठकमा माननीयहरूलाई प्राथमिकताका साथ उपस्थित हुने र विधेयकलाई अघि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आआफ्ना तहबाट अपिल भएको छ’, बर्तौलाको भनाइ छ ।
सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदल बैठकमा नेकपा एमाले संसदीय विभाग प्रमुख योगेश भट्टराई नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेपाली कांग्रेस संसदीय विभाग प्रमुख जीवन परियार, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ , नेकपा एमालेका सचेतक सुनिता बराल लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकहरूद्वारा इमर्जेन्सीबाहेकका सेवा बहिष्कारको घोषणा
-
वीर अस्पतालका कार्यकारी निर्देशक पौडेलद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक
-
रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित
-
नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख
-
सुस्तावासी दशकौँदेखि नागरिकता र भूमि सम्बन्धी समस्या झेल्दै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’