ओल्ड ट्राफोर्डमा ग्योकेरेस इन, रासफोर्ड आउट ?
ओल्ड ट्राफोर्ड । संकटमा रहेको म्यानचेस्टर युनाइटेडले स्पोर्टिङ लिजबनका स्ट्राइकर भिक्टोर ग्योकेरेसलाई अनुबन्ध गर्ने तयारी गरेको छ । गत नोभेम्बरमा स्पोर्टिङ छाडेर युनाइटेडसँग आबद्ध भएका रुबेन अमोरिमले सुरुवातदेखि नै ग्योकेरेसलाई ओल्ड ट्राफोर्डमा भित्र्याउने इच्छा देखाएका थिए । यद्यपि, जनवरीमा भन्दा पनि अर्को सिजन उनलाई ल्याउने क्लबको तयारी थियो ।
तर, बेलायती मिडिया द स्टारका अनुसार यो योजना अहिले परिवर्तन भएको छ । रिपोर्टका अनुसार अमोरिमले युनाइटेडको व्यवस्थापनलाई ग्योकेरेसलाई भित्र्याउन जनवरीसम्म पर्खन नसकिने बताएका छन् ।
ग्योकेरेस क्लबमा भित्रिँदा जोसुवा जर्कजी र मार्कस रासफोर्ड दुवैले क्लब छाड्न सक्नेछन् । रासफोर्डले त आफू नयाँ चुनौतीका लागि तयार रहेको बताइसकेका छन् । जर्कजीका लागि पनि इटालीबाट प्रस्तावहरू तयार रहेका छन् ।
रिलिज क्लजका कारण स्विडस खेलाडी ग्योकेरेसलाई भित्र्याउन युनाइटेडले करिब ८ करोड पाउन्ड खर्च गर्नुपर्नेछ । युनाइटेडले केही खेलाडीहरू बेचेर यो रकम जुटाउन सक्नेछ ।
स्पोर्टिङमा रहँदा अमोरिम र ग्योकेरेसको सम्बन्ध निकै राम्रो थियो । पोर्चुगिज प्रशिक्षककै नेतृत्वमा ग्योकेरेस युरोपको खतरनाक स्ट्राइकरको रूपमा विकसित भएका थिए ।
उनले २०२४–२४ सिजनमा स्पोर्टिङका लागि ग्योकेरेसले लिगमा १६ खेलमा १८ गोल गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गरेका छन् । उनले च्याम्पियन्स लिगका ६ खेलमा ५ गोल गर्नुका साथै एक एसिस्ट गरेका छन् । गत सिजन उनले लिगमा ३३ खेलमा २९ गोल गर्नुका साथै १० वटा एसिस्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले