को थिए अमेरिकाको न्यू अर्लिन्स आक्रमणमा ज्यान गुमाउनेहरू ?
वासिङ्टन डिसी । अमेरिकाको न्यु अर्लिन्समा नयाँ वर्ष मनाउन जम्मा भएका मानिसहरूमाथि एक व्यक्तिले जथाभाबी चलाउँदा १५ जनाको मृत्यु भयो । यस्तै अरू ३० जना घाइते भएका छन् ।
अभियुक्तको पहिचान शमसुद्दीन जब्बारको रूपमा भएको छ । सञ्चार माध्यममा छापिएका समाचारका अनुसार आरोपीको ट्रकमा आतंकवादी संगठन आईएसआईएसको झन्डा थियो ।
जवाफी कारबाही गर्ने क्रममा अभियुक्तलाई प्रहरीले घटनास्थलमै मार्यो । आक्रमणमा परेर मारिएकाहरूबारे अहिलेसम्म सबै जानकारी आइसकेको छैन । यद्यपि, परिवारका सदस्य र साथीभाइसँग कुराका आधारमा केहीको पहिचान खुलेको छ । मर्नेमा अमेरिकाका चर्चित फुटबल खेलाडी, नर्स पढ्न लागेकी युवति र एकल आमा आदि छन् ।
निकोल पेरेज
२७ वर्षकी निकोल पेरेज एकल आमा थिइन् । उनको चार वर्षको छोरा छन् । परेजले भर्खरै मात्रै काममा पदोन्नति पाएकी थिइन् । उनी छिट्टै नयाँ अपार्टमेन्टमा सर्नेवाला थिइन् । पेरेज कडा परिश्रम गर्ने कर्मचारी र समर्पित आमा भएको उनको मालिकले बताए ।
मार्टिन ‘टाइगर’ बेक
बेक प्रिन्सटन विश्वविद्यालयका पूर्व फुटबल खेलाडी हुन् । २७ वर्षका बेकले प्रिन्सटन विश्वविद्यालयबाट स्नातक गरेका थिए । प्रिन्सटन विश्वविद्यालयमा रहँदा उनी फुटबल खेल्थे । बेकको मिल्ने साथी मार्टी क्याननले उनी राम्रो खेलाडी भएको बताए । उनी स्मार्ट भएको अनि बौद्धिक युवा भएको पनि उनले बताए । पछिल्लो समय बेक न्यूयोर्कमा वित्तीय क्षेत्रमा काम गरिरहेका थिए । नयाँ वर्षको छुट्टी मनाउन उनी न्यू अर्लिन्स आएका थिए ।
निकिरा चेयेन्ने डेडोक्स
न्यू अर्लिन्समा भएको आक्रमणमा मारिनेमा मिसिसिपीकी १८ वर्षीया निक्कीरा चेयेन्ने डेडक्स पनि थिइन् । उनले नर्सिङ पढ्न लागेकी थिइन् । जनवरीको अन्त्यमा ब्लू क्लिफ कलेजमा उनको नर्सिङ कोर्स सुरु गर्दै थिइन् । न्यु अर्लिन्समा काका र साथीसँग नयाँ वर्ष मनाउँदै गर्दा उनी आक्रमणमा उनी मारिएकी थिइन् । डेडाउक्सकी आमाले फेसबुकमा पोस्ट शेयर गर्दै न्यु अर्लिन्सको घटनामा आफ्नी छोरीको मृत्यु भएको पुष्टि गरेकी छिन् । यस घटनामा डेडाउक्सको काका र साथी भने बचेका छन् ।
रेगी हन्टर
ज्यान गुमाउनेमा ३७ वर्षीय रेगी हन्टर पनि छन् । ब्याटन रुजका निवासी रेगी हन्डर दुई छोराका बुबा थिए । हन्टर एउटा स्टोरमा प्रबन्धक थिए । रेगी खुलेर जीवन बाँच्थे । मध्यराति लगत्तै उनले परिवारका सदस्यलाई नयाँ वर्षको शुभकामना सन्देश पठाएका थिए । आक्रमणमा रेगीको एक आफन्त घाइते भएका छन् ।
म्याथ्यू टेनेडोरियो
२५ वर्षका टेनेडोरियो भिजुअल टेक्निशियन थिए । नयाँ वर्षको पूर्व सन्ध्यामा साँझ ९ बजेतिर आफूले अन्तिम छोरालाई जीवित देखेको टेनेडोरियोकी आमाले एनबीसी न्युजलाई भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले