पहिलो महिला राजदूत विन्देश्वरीको निधन
बिहीबार, १८ पुस २०८१, १४ : ५७
काठमाडौँ । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । शाहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शाह पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् ।
शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनी नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् ।
सन् १९७१ मा उनी बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत बनेर समेत काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले
-
१२ बजे, १२ समाचार : संगठन निर्माणलाई तीब्रता दिने रास्वपाको निर्णयदेखि मधेस केन्द्रित दलबीच एकताको चर्चासम्म