आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

स्वीट्जरल्यान्डमा किन लगाइयो बुर्कामाथि प्रतिबन्ध ?

बिहीबार, १८ पुस २०८१, १४ : ११
बिहीबार, १८ पुस २०८१

म्युनिख । नयाँ वर्ष सुरु भएसँगै स्वीट्जरल्याण्डमा अनुहार ढाक्न प्रतिबन्ध लागेको छ । जनवरी १ देखि सार्वजनिक स्थानमा बुर्का, निकाब वा अन्य कुनै किसिमले अनुहार छोपेर बाहिर निस्कनेलाई १ हजार स्विस फ्र्यांक जरिवाना लाग्न सक्नेछ । 

सन् २०२१ मा भएको एउटा जनमत सङ्ग्रहमा सार्वजनिक स्थानमा अनुहार छोप्न प्रतिबन्ध लगाउने पक्षमा मतदान भएको थियो । यसअन्तर्गत सार्वजनिक स्थानमा मुस्लिम महिलाले लगाउने बुर्का र निकाबमा प्रतिबन्ध लगाउने निर्णय पनि गरिएको थियो ।

जनमत सङ्ग्रहमा ५१ दशमलव २१ प्रतिशत नागरिकले अनुहार छोप्न प्रतिबन्ध लगाउने पक्षमा मतदान दिएको थिए । यसको विपक्षमा भने ४८ दशमलव ८ प्रतिशत मत खसेको थियो । स्वीट्जरल्याण्डमा, प्रजातान्त्रिक कानूनअन्तर्गत कयौं राष्ट्रिय र क्षेत्रीय मामिलामा जनमत सङ्ग्रहमा भाग लिने अधिकार जनतासँग छ । अनुहार छोप्न प्रतिबन्ध सम्बन्धी प्रस्ताव दक्षिणपन्थी स्विस पिपुल्स पार्टी (एसवीपी)ले ल्याएको थियो ।

कट्टरवाद बन्द गर भन्ने नारासहित एसवीपीले यो प्रस्ताव अघि सारेको थियो । तर प्रस्तावमा पार्टीले प्रत्यक्ष रूपमा इस्लामको उल्लेख भने गरिएको थिए । तर यसलाई बुर्का प्रतिबन्धको सन्दर्भमा प्रस्तुत गरिएको थियो । यसै अन्तर्गत सडकमा उत्रिएका केहीले भने मास्क लगाउन प्रतिबन्ध लगाउन माग गरेका थिए । स्वीट्जरल्याण्डको तत्कालीन सरकारले यो प्रस्तावको विरोध गरेको थियो । महिलाले के लगाउने भन्ने निर्णय सरकारले गर्न नसक्ने सत्तारुढ दलको तर्क थियो ।

यो कानून अनुसार अब भने स्वीट्जरल्यान्डमा सार्वजनिक स्थानमा नाक, मुख र आँखा सबै एकै चोटी ढाकेर हिँड्न रोक लगाइएको छ । सर्वसाधारण जान सक्ने निजी स्थानमा पनि यो प्रतिबन्ध लागू हुनेछ । तर यसका केही छूट भने छ । विमान र कूटनैतिक स्थलमा यो प्रतिबन्ध लागू हुने छैन । पूजास्थल र धार्मिक स्थलमा पनि अनुहारलाई मान्यता अनुसार ढाक्न सकिने छ । स्वास्थ्य वा सुरक्षाका कारण अनुहार ढाक्न छूट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप