कुनै बालबालिकाले सचिनको नियति भोग्न नपरोस् : गायक शिव परियार
बिहीबार, १८ पुस २०८१, १३ : ५४
![कुनै बालबालिकाले सचिनको नियति भोग्न नपरोस् : गायक शिव परियार](https://npcdn.ratopati.com/media/news/shiva-sachin_QAjv9m8sOP.jpg)
काठमाडौँ । गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेर बताएका छन् । सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो ।
गायक शिव परियारले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तो नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछु ।’
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले सचिनको निधान भएको हो । अस्पताल स्रोतका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए । ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना