आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

साउदी अरबमा ६ इरानीलाई फाँसी

बिहीबार, १८ पुस २०८१, १३ : ४३
बिहीबार, १८ पुस २०८१

रियाद । साउदी अरबले ६ जना इरानी नागरिकलाई फाँसी दिएको छ । लागू औषध तस्करीको मामिलामा ती ६ जनालाई बुधबार फाँसीको सजाय दिइएको हो ।

 मध्यपूर्वका यी दुई देशले बिग्रिएको आपसी सम्बन्ध सुधार्ने प्रयास गरिरहेकै समयमा यो खबर आएको हो । इरानले साउदीको यो कदमको चर्को आलोचना गरेको छ । साउदीको आन्तरिक मन्त्रालयले बताएअनुसार चरेस तस्करी गरेर साउदीमा ल्याउने क्रममा ६ जना इरानी नागरिक समातिएका थिए । मृत्युदण्डको सजायविरुद्ध परेको याचिका साउदीको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो ।

सजाय इस्लामिक कानुन अनुसार दिइएको र नागरिकलाई लागू औषधको चपेटामा पर्नबाट बचाउन यो कदम लक्षित भएको मन्त्रालयले बताएको छ । 

यो निर्णयको विरोध गर्दै तेहरानमा इरानको विदेश मन्त्रालयले देशका लागि साउदी राजदूतलाई बोलाएका थिए । फाँसीको फैसला न्यायिक सहकार्य गर्ने प्रवृत्तिको विरुद्ध भएको आन्तरिक मन्त्रालयका अधिकारी मोजतबा शस्ती कारिमीले भनेका छन् । 

फाँसीबारे इरानलाई समयमै जानकारी नगराइएको र यो कुनै पनि परिस्थितिमा अस्वीकार्य भएको  पनि उनले बताएका छन् । ७ वर्षसम्मको तनावपछि इरान र साउदीले सन् २०२३ को सुरुमा कूटनीतिक सम्बन्ध पुनः स्थापित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप