गौशाला घटना : सँगै होटलमा गएका युवक कोठामा ताला लगाएर फरार

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत फेला परेकी युवतीको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीले त्यसबारे आधिकारिक तथ्य सार्वजनिक गरेको छैन ।
कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनीसँगै होटलमा एक जना युवक प्रवेश गरेको देखिएको छ ।
पुस १६ मा मध्यान्ह दुवै जना सँगै होटलमा प्रवेश गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । करिब ३ घण्टापछि सुस्मिता सँगै गएका युवक ढोकामा ताला लगाएर फरार भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । एक जना अधिकृत भन्छन्, ‘बाहिरबाट ढोक लक गरेर चाबी लिएर आरोपी भागेको देखिन्छ ।’
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
‘रवीन्द्र मिश्र र धवल शमशेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो’
-
प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण