भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला, तस्बिरहरू
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला चलिरहेको छ । ‘साउथ एसिया इन्टरनेसनल बुक फेयर २०२५” बुधवारदेखि सुरु भएको हो । पाँच दिनसम्म चल्ने पुस्तक प्रदर्शनीमा दक्षिण एसियाली लेखकहरूका विभिन्न पुस्तकहरू प्रदर्शनमा राखिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी सुरु भएको हो । महासङ्घ र करेन्ट मिडिया दुवै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै यही पुस १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात् गरी प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएका छन् ।
पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारतसहितका अधिकांश देश र अन्य देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू हुनुका साथै देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहरूको जमघट भएको छ ।
प्रदर्शनीमा नेपालबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका धेरै राष्ट्रहरू र चीनको समेत महत्त्वपूर्ण सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको अवलोकन, आयात, निर्यात जस्ता कुरामा सहज वातावरण बन्ने र विभिन्न देशका उत्पादकबिच आपसी सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने आयोजकको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले