आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

उडान भर्न ठिक्क परेका दुई विमान आमनेसामने भएपछि....

बिहीबार, १८ पुस २०८१, १२ : ०२
बिहीबार, १८ पुस २०८१

लस एञ्जलस । क्रिसमसको दिन कजाकस्तानमा ३८ जनाको ज्यान जाने गरी विमान दुर्घटनामा भयो । त्यसको केही दिनमै दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरलाइन्सको उडान ७सी–२२१६ दुर्घटनामा परेर यात्रु र क्रु मेम्बर समेत गरेर १७९ जनाको मृत्यु भयो ।

ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा एयर क्यानडाको एउटा विमानमा आगलागी भयो । भाग्यले यसमा कसैको पनि हताहत वा घाउचोट लागेन । यसैबिच, अमेरिकाको लस एन्जलस एयरपोर्टमाबाट अर्को खबर आएको छ । लस एञ्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा समाचार उडान भर्न तयार दुई विमान एक अर्काको आमनेसामने भए ।

समय दिउँसो ४ः३० बजेको थियो । एयर ट्राफिक कन्ट्रोलबाट टेकअफको अनुमति पाएलगत्तै एटलान्टाका  लागि उड्न अनुमति पाएपछि डेल्टा एयरलाइन्सको उडान डीएल–४७१ उडान भर्न ठिक्क पर्‍यो । विमानले आफ्नो पूरा गति लिइसकेको थियो । त्यति नै बेला पाइलटको आँखा अगाडिबाट आइरहेको लाइम एयरको चार्टर्ड उडान ५६३ मा पर्‍यो । अर्को विमान पनि तीव्र गतिमा धावनमार्गतिरै गइरहेको थियो ।

एटीसीले डेल्टा एयरलाइन्सको विमानले जुन दिशाबाट उडान भर्दै थियो लाइम एयरको विमान सोही दिशामा तीव्र गतिमा अघि बढेको देखियो । यो देखेर एयर ट्राफिक कन्ट्रोलमा रहेको सबै जनालाई के गर्ने के नगर्ने भयो । अब केही बेरमै दुवै विमान एक आपसमा ठोक्किने स्थिति उत्पन्न भयो । एयर ट्राफिक कन्ट्रोलमा रहेका एक नियन्त्रकले चर्को स्वरमा रोक रोक रोक भनेर कराउन थाले ।

समय छँदै लाइम एयरका पाइलटले स एटीसीको यो निर्देशन सुने र आफ्नो विमानको ब्रेक लगाए । केही सेकेन्डमै डेल्टा एयरलाइन्सको विमान हावामा थियो । त्यसपछि बल्ल सबैले राहतको सास फेरे । लाइम एयरको यो विमान गोन्जागा विश्वविद्यालयले बुक गरेको थियो र यसमा विश्वविद्यालयको सम्पूर्ण बास्केटबल टोली थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप