समाचार
गौशालाको होटलमा युवती मृत फेला
बिहीबार, १८ पुस २०८१, १२ : ०२

काठमाडौँ । काठमाडौँको गौशालास्थित बागमती होटलमा एकजना युवती मृत अवस्थामा भेटिएकी छन् । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । पुस १६ मा उनी होटलमा पुगेको देखिएको छ । लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।
ढोका फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित