आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
अनुवाद

सामाजिक सञ्जालबाट दिमाग जोगाउन किताब रोज्नुहोस्

बिहीबार, १८ पुस २०८१, ०९ : २५
बिहीबार, १८ पुस २०८१

म पुस्तकको समालोचना गर्छु । कुनै समय मैले गरेको समालोचना पढेर मानिसहरू आपसी जमघटमा चर्चा गर्ने गर्थे । लेखनीमा प्रयुक्त अध्ययनको दायरा हेरेर इष्र्याभाव जाहेर गर्थे । ‘आफूले पनि यति नै पढ्न सकेको भए हुन्थ्यो !’ भन्ने खालका कुरा गर्थे । अहिले त्यस्तो छैन । अहिले त आफूले पढ्न छाडेको वा नपढेको कुरा सानका साथ भन्न थाले । मैले केही सोधी पो हाल्छु कि झैँ गर्न थाले ।  

कुनै समय थियो, मानिसहरू जेम्स जोयसको ‘युलिस्सिस’ भनेपछि मरिहत्ते गर्थे । मेरो आफ्नै क्याम्पस जीवनताका म आफूसँग डेभिड फोस्टर वालेसको हजार पृष्ठ लामो ‘इन्फिनिट जेस्ट’ भएकामा दंगदास हुने गर्थें ।

अहिले त साहित्यकै विद्यार्थी समेत लामा पुस्तक पढ्न छाडे । अमेरिका र बेलायतका विश्वविद्यालयमा सेक्सपियरबारे पढाउने सर जोनाथन बेटले केहीअघि यस्तै समस्याको बारे गुनासो गरेका थिए । बीबीसीको रेडियो–फोरसँग कुरा गर्दै उनले भनेका थिए— ४० वर्ष अघिको कुरा गर्नुहुन्छ भने विद्यार्थी हरेक साता नयाँ–नयाँ लेखकका कृति सकाउन उद्यत भेटिन्थे । एक सातामै चाल्र्स डिकेन्सका ‘द ग्रेट एक्सपेक्टेसन’, ‘डेभिड कपरफिल्ड’ र ‘ब्लिक हाउस’जस्ता कृति सकाइदिन्थे । अहिले त सातामा तीन पुस्तक त के तीन सातामा एउटा पुस्तक सकाउन समेत हम्मे परेको देखिन्छ ।’

केही समयअघि मात्रै ‘रिडिङ एजेन्सी’ नामक अनुसन्धानमूलक संस्थाले बेलायतमा गरेको सर्वेक्षणले पुगनपुग आधा संख्यामा रहेका युवाले मात्रै आनन्द लिनका लागि नियमित रूपमा पढ्ने गरेको देखायो । यो संख्या २०१५ मा ५८ प्रतिशत थियो । अझ दुःखको कुरा त पढाइ छोड्ने ३५ प्रतिशत पाठक यसअघि पुस्तक पढ्ने रुचि नै भएका थिए । म सामेल हुने जमघटमा भेला हुनेहरूमा केही उपन्यासकार पनि छन् । उनीहरू पनि पढ्ने कुरा असाध्यै कम भएको बताउन थालेका छन् । उनीहरू बिछ्यौनामा ढल्किँदा पनि पुस्तकको सट्टा मोबाइलको स्क्रिन ‘स्क्रोल’ गर्ने गरेको बताउँछन् । यस्तो हुनुको कारण के होला ? मलाई लाग्छ यसमा पक्कै पनि सामाजिक सञ्जालले ठुलो भूमिका खेलेको छ । सामाजिक सञ्जालको रचना नै त्यसरी भएको छ । यसले विभिन्न प्रकारका संवेदना र मनोवैज्ञानिक रूपमा प्रभाव पार्ने तरिका लगाएर हाम्रो ध्यान अन्यत्रै मोड्ने गरेको छ । यसले हामीलाई पुस्तकबाट टाढा राख्न थालेको छ ।

‘कम होम : द रिडिङ ब्रेन इन अ डिजिटल वल्र्ड’का लेखक तथा स्नायु वैज्ञानिक मेरियान वल्फका अनुसार हाम्रो मस्तिष्कको रचना नै सहजै भाषा सिक्ने खालको छ तर पढ्ने कुरा यसको आधारभूत रचनामा छैन । सबैले पढ्ने सीप पछि सिक्ने हो । मस्तिष्कको संरचना नै ‘रोज्ने वा छाड्ने’ भन्ने दुवै विकल्पमा काम गर्ने खालको हुन्छ । हामी अहिले दिनानुदिन छाड्ने काम गरिरहेका छौँ । अक्सफोर्ड विश्वविद्यालयले सन् २०२४ को ‘वर्ष शब्द’को रूपमा दिमाग बिग्रिने अर्थ दिने शब्द ‘ब्रेन रोट’लाई घोषणा गर्‍यो । यसको अर्थ अनलाइनमा भेटिने ‘कम गुणस्तर र न्यून महत्त्वको सामग्री’ तथा यसको अति खपतले पैदा गर्ने बौद्धिक क्षयीकरण दुवै बुझिन्छ । यो शब्द पहिलोपटक सन् १८५४ मा हेनरी डेभिड थोरोको पुस्तक वाल्डेनमा भेटिएको थियो । यसको पछिल्लो लोकप्रियता टिकटकजस्ता सामाजिक सञ्जालबाट प्रभावित छ ।


सामाजिक सञ्जालको प्रयोगबाट सहजै पैदा हुने डोपामाइनका कारण पुस्तक पढ्ने काम तुलनात्मक रूपमा कष्टकरजस्तो आभास हुन थाल्छ तर यस्तो कष्टकर कामका लागि गरिने थप प्रयासको फल भने धेरै राम्रो आएको पाइन्छ । नियमित रूपमा पुस्तक पढ्ने पाठकहरूले सुधारिएको निद्रा, एकाग्रता, सम्बन्धमा निखारता र सिर्जनात्मकताका कारण जीवनमा सन्तुष्टि, सुदृढ स्वास्थ्य अनुभव गरेको बताउने गरेका छन् । जम्मा ६ मिनेट मात्रै पुस्तक पढ्दा पनि तनावको स्तर दुईतिहाइले घटेको पाइएको छ । गहिरो अध्ययनले आलोचनात्मक चिन्तन, समानुभूति तथा आत्मचिन्तन लगायत थप संज्ञानात्मक फाइदा समेत गराउने गर्छ ।

उनीहरू बिछ्यौनामा ढल्किँदा पनि पुस्तकको सट्टा मोबाइलको स्क्रिन ‘स्क्रोल’ गर्ने गरेको बताउँछन् । यस्तो हुनुको कारण के होला ? मलाई लाग्छ यसमा पक्कै पनि सामाजिक सञ्जालले ठुलो भूमिका खेलेको छ । सामाजिक सञ्जालको रचना नै त्यसरी भएको छ ।

सुसन एल्डरकिनसँगको सहलेखनमा  ‘द नोबेल क्युअर : एन ए टु जेड लिटरारी रिमेडिज’ लेखेका तथा पुस्तकसँग सम्बन्धित मनोपरामर्शदाता एल्ला बर्थाैडका अनुसार आजभोलि कसरी बढी पढ्न  सकिन्छ भन्नेबारे सल्लाह माग्ने मानिसको संख्या बढिरहेको छ । यसबारे सुझाव दिँदै उनी पढ्ने आदत बसाउनका लागि अडियो बुक (श्रव्य पुस्तक) सुन्ने प्रयास गर्ने, कोठामा पठनमैत्री वातावरण बनाउने, पढेका पुस्तकको जर्नल लेख्ने, नोट टिप्ने जस्ता कुराले मस्तिष्कमा आधार बनाउन सघाउने बताउँछिन् ।

एकैपटक धेरै काम गर्न खोज्ने मल्टी–टास्करका लागि पढ्ने बानी विकासका लागि उनी कम्मरमा राखेर घुमाउने ‘हुला हुपिङ’को उदाहरण प्रस्तुत गर्छिन् । अर्थात् अरु काम गर्दै पनि पढ्ने बानी विकास गर्दै लैजान सकिन्छ । 

बर्थाैडका अनुसार तपाईंको पढ्ने आदत असाध्यै कमजोर भइसकेको छ भने तपाईंले सोझै ‘युलिस्सिस’जस्ता व्यापक पुस्तक रोज्नुको सट्टा छोटा कथा वा लघु–उपन्यासबाट सुरु गर्नु राम्रो हुन्छ । पछिल्लो समय यस्ता छोटा पठन सामग्रीमा ‘न्यु डिरेक्सन’का कथाका पुस्तक पर्छन् । यस्ता पुस्तक एकै बसाइँमा सकिने खालका बनाइएका छन् । लघु–उपन्यास अनुवादमा नाम चलेको पिएरेनेका  पुस्तक पनि सहयोगी हुन सक्छन् ।

आख्यानको बजार टिकटकमा लोकप्रिय रहेका अपराध, स्वैरकल्पना तथा रोमान्स जस्ता विधाका पुस्तकले भरिएको छ । गैर–आख्यानको बिक्री हरेक वर्ष घटेको घट्यै छ । यस्तो किन भयो भनेर हेर्दा केही अनौठा तथ्य देखापरे । ‘ब्लिन्किस्ट’, ‘हेडवे’, ‘स्टोरीसट्स’ जस्ता सफ्टवेयर एप्स तथा कृत्रिम बौद्धिकता (एआई)मा आधारित ‘लार्ज ल्याङ्वेज मोडेल’को उदयसँगै गैर–आख्यानबाट चाहिएको कुरा मात्रै पढ्न मिल्ने वा सारांश पढ्न मिल्ने सुविधा भएकाले पुस्तक पढ्ने मात्रा घटाएको पाइयो । 

एआईसँग सम्बन्धित कुरामा प्रतिलिपि अधिकार तथा शुद्धताको विषय त पक्कै जोडिन्छ । साथै अर्काे मुख्य कुरा चाहिँ पढ्नु भनेको केवल सूचना वा शुद्धताको कुरा मात्रै पनि होइन । राम्रा गैर–आख्यान पुस्तकहरूले केवल सूचना मात्रै दिँदैनन् । तिनीहरूले पाठकसँग लेखकलाई सार्थक संवाद पनि गराउँछन् । लेखकको चिन्तन प्रक्रियालाई राम्रोसँग अवलोकन गर्न सक्दा यसले हाम्रो चञ्चल मस्तिष्कलाई बृहत् तथा प्रभावकारी रूपमा सोच्न तालिम पनि गराउँछ । मस्तिष्क थप समृद्ध हुन्छ ।

हाम्रो मस्तिष्कको रचना नै सहजै भाषा सिक्ने खालको छ तर पढ्ने कुरा यसको आधारभूत रचनामा छैन । सबैले पढ्ने सीप पछि सिक्ने हो । मस्तिष्कको संरचना नै ‘रोज्ने वा छाड्ने’ भन्ने दुवै विकल्पमा काम गर्ने खालको हुन्छ ।

यो वर्ष मलाई सबैभन्दा राम्रो लागेको तथा ‘ब्रेन रट’को समाधान गर्न राम्रो सहयोगी हुने पुस्तक एडविन फ्र्यांकको ‘स्ट्र्यान्जर देन फिक्सन : लाइभ्स अफ द ट्वेन्टिथ सेन्चुरी नोबेल’ हो । यसले ३३ वटा फरक पुस्तकबारे चर्चा गर्छ साथै यसले थप अध्ययनका लागि राम्रो सन्दर्भ सूची पनि उपलब्ध गराउँछ । यसले गहन अध्ययनको अभ्यास गर्न सघाँउछ । साथै इतिहासका महानतम कृतिबारे पुनः एक सरो झलक पनि प्रस्तुत गर्छ ।

लेखक तथा निबन्धकार मारिया पोपोभाले केही अघि ‘द मार्जिलियन’ नामको वेबसाइट सुरु गरेकी छिन् । सम्बन्धित सन्दर्भ र पाद–टिप्पणीहरूको हाइपर लिंक राखेर यसले कुनै बेला साहित्यलाई ‘वास्तविक इन्टरनेट’ पनि भनेको थियो । यो वेबसाइटको फाइदा भनेको यसमा तपाईंले सामाजिक सञ्जालमा तहल्का मारिरहेका सामग्रीहरू भन्दा पृथक् सामग्रीमा घन्टौँ सहजै डुब्न पाउनुहुन्छ । एकाग्र भएर धेरै कुरा पढ्न सक्नुहुन्छ ।

टिकटक प्रतिबन्ध भएको खण्डमा पनि अरु त्यस्तै प्रकारका एप पक्कै देखा पर्छन् ।बजारमा तपाईंको ध्यान खिच्ने एपको कमी पक्कै हुनेछैन । त्यसैले नयाँ सालको सुरुवातसँगै नयाँ संकल्प किन नगर्ने ?  २०२५ को सुरुवातसँगै किन तपाईंको बिच्छ्यौना छेउको टेबलमा मोबाइलको सट्टा किताब नराख्ने ? हरेक दिन एक घण्टा मोबाइलबाट हटेर पुस्तक हेर्ने हो भने सातामा एउटा पुस्तक सहजै पढेर सकिन्छ । यसले एकाएक तपाईंलाई धेरै पढ्ने पाठकहरूको माथिल्लो एक प्रतिशतको हिस्सामा पुर्‍याइदिन्छ । तपाईंलाई कुशल पाठक बनाइदिन्छ । फेरि पनि के गर्ने भन्ने निर्णय त तपाईंकै हातमा छ । 
(फाइनान्सियल टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिया लेभिटिन
मिया लेभिटिन
लेखकबाट थप