आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । जस अन्तर्गत बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हालसम्मको प्रगति, नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थिति र नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुनेछ ।
बिहान साढे ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ भने बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन पुस्ताको सहकार्यमा तयार भयो ‘सपनीमा’
-
१० बजे १० समाचार : रास्वपामा उपनिर्वाचनको पराजयबारे चर्चा, फरार युवक मृत फेला
-
युवालाई विदेश जानबाट रोक्न रोजगारका अवसर खोजी गर्दैछौँ : मुख्यमन्त्री लामा
-
प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु
-
त्रिवेणी कपको उपाधि एपीएफलाई
-
अमेरिकाले आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रुसको दाबी