यीनै हुन् न्यू अर्लिन्समा नरसंहार मच्चाउने शमसूद-दीन जब्बार, मर्नेको संख्या १५ पुग्यो

काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहानै भएको पिकअप ट्रक आक्रमणमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । घाइते हुनेको संख्या अझै पनि ३५ बढी रहेको अधिकारीहरुको हवाला दिँदै बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
मानव भीडमा जानाजान पिकअप चलाएर नरसंहार मच्चाउने संदिग्धको भने पहिचान खुलेको छ । नरसंहार मच्चाउने टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको समाचारमा उल्लेख छ ।
अमेरिकी संघीय जाँच व्यूरो एफबीआईले आक्रमणमा प्रयोग गरिएको गाडीमा इस्लामिक स्टेट समूहको झण्डा भेटिएको र घटनाको जाँच आतंकवादी क्रियाकलापको रुपमा गरिरहेको जनाएको छ ।
जाँच व्यूरोलेले आक्रमणकारीको सम्बन्ध अतिवादी समूहसँग रहे नरहेकोबारे थप अनुसन्धानको कार्य अघि बढाइएको समेत जानकारी दिएको छ । प्रहरी अधिकारीहरुका अनुसार नरसंहार मच्चाएका जब्बारले अधिकारीहरुमाथि गोली समेत चलाएका थिए भने ट्रक भएको क्षेत्रमा विष्फोटक उपकरण समेत भेटिएको थियो ।
घटना भएको फ्रेन्च क्वार्टर क्षेत्र दक्षिणी राज्य लुजियानामा शहरका आगन्तुकका लागि निकै लोकप्रिय मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा