आर्सनलको गति कायमै, लिभरपुललाई पछ्याउँदै
![आर्सनलको गति कायमै, लिभरपुललाई पछ्याउँदै](https://npcdn.ratopati.com/media/news/arsanal-win_Ox0M1cwJ1G.jpg)
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले आफ्नो गति कायमै राखेको छ । आर्सनलले बुधबार राती ब्रेन्टफोर्डलाई ३-१ ले हरायो । अवे मैदानमा आर्सनललाई जिताउन गाब्रियल जिसस, माइकल मेरिनो र गाब्रियल मार्टिनेलीले एक-एक गोल गरे ।
ब्रेन्टफोर्डका लागि सुरुवात मै ब्रायन मबेउमोले गोल गरेका थिए । प्रिमियर लिगका पछिल्ला खेलमा शीर्ष क्लबहरुले गति गुमाएका बेला आर्सनले भने आफ्नो गतिलाई कायमै राखेको हो । म्यान्चेस्टर सिटीले हालसम्म ६ खेल, म्यान्चेस्टर युनाइटेड, टोटनह्यामले ९ खेल गुमाइसक्दा आर्सनलले शीर्ष स्थानको लिभरपुललाई पछ्याइरहेको छ । शीर्षस्थानको लिभरपुलले हालसम्म १ खेल गुमाउँदा आर्सनलले २ खेल गुमाएको छ भने अंक तालिकामा पनि दोस्रो स्थानमा कायम छ ।
११ खेलमा जित र ६ खेल बराबरी गरेको आर्सनलले शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी समेत घटाएको छ । लिभरपुलको १८ खेलबाट ४५ अंक हुँदा एक खेल बढी खेलेको आर्सनलको ३९ अंक भएको छ । तेस्रो स्थानमा रहेको नटिङघमको ३७ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता