१२ बजे, १२ समाचार : स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जना मुख्य आरोपीदेखि अदालतका कर्मचारी सरुवामा राजनीतिक आतंकसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. सहकारीसम्बन्धी अध्यादेश
सरकारले सहकारीका समस्या सम्बोधन गर्न भनेर अध्यादेश त ल्यायो । तर, सबै भएको, केही नमिलेको देखिन्छ, ‘उँटजस्तो’ । अध्यादेशका कतिपय व्यवस्था सकारात्मक त कतिपय आलोचनात्मक रहेको टिप्पणी गर्छन् सरोकारवाला । सबै विषयलाई समेट्न खोजेको देखिन्छ । यद्यपि, प्राधिकरण गठन गर्ने व्यवस्थाबाहेक प्रस्ट भएका विषय पनि कुनै न कुनै पक्षले आलोचना गरेका छन् ।
२. भीम रावलको पत्रकार सम्मेलन
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै पार्टीबाट निष्कासन गरेपछि नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको असहिष्णु व्यवहार र व्यक्तिवादी चरित्रको ‘भण्डाफोर’ गरेका छन् । पुस १० गते बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्षसमेत रहेका रावलसहित नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरेको थियो । कारबाही गरेको ७ दिनपछि नेता रावलले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीका विगतका धेरैजसो निर्णयहरू स्वेच्छाचारी र निरङ्कुश भएको आरोप लगाएका हुन् ।
३. सहकारी ठगी प्रकरण
सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा अहिले कास्की जिल्ला अदालतमा बहस जारी छ । बुधबार सरकारी वकिलहरूले बहस सिध्याएका छन् । नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहित उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, जिल्ला सहन्यायायधिवक्ताहरू शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए । यस्तै, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा ४४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ ।
४. अदालतका कर्मचारी सरुवामा आतंक
सर्वोच्च अदालतको सूचना सेयर हुने र अधिकांश न्यायाधीशले हेर्ने नियोन जुडिसेरी पेजमा पुस ४ गते एक सरुवालाई लिएर पार्टीगत राजनीति प्रवेश भएको भनी आलोचना भयो । न्यायालयमा पार्टीको कुनै पनि छायाँ पर्न नहुने भनिएको अवस्थामा ‘उच्च अदालत पाटनको प्रशासन एमाले पार्टी कार्यालय ?’ भन्ने शीर्षकमा सरुवाको बेथितिबारे प्रश्न उठाउँदै लेखिएको थियो ।
५. अखिल क्रान्तिकारीमा लफडा
माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु ९क्रान्तिकारी०मा ३२ वर्षे उमेरहदसम्बन्धी चुनावी परिणामका कारण लफडा देखिएको छ । उमेरहदको विषयमा पक्षरविपक्षमा लफडा बढ्दै जाँदा आगामी माघ १२ गते तोकिएको निर्वाचनसमेत प्रभावित हुन सक्ने विद्यार्थी नेताहरूले बताएका छन् ।
६. अलमलमा ‘बाल अदालत’ गठन
संविधानको मौलिक हक अन्तर्गतको धारा ३९ मा बालबालिकाको हक ग्यारेन्टी गरिएको छ । बालबालिकाको विषय संवेदनशील भएका कारण उनीहरू जोडिएका मुद्दा नियमित अदालतबाट नभई अलग्गै अदालत गठन गरी मुद्दाको सुनुवाइ हुनुपर्ने परिकल्पना संविधानले गरेको हो ।
७. राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षण
नेपालमा होटल तथा रेष्टुरेन्टको संख्या १ लाख ४० हजार भन्दा माथि पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्भेक्षणले यो अवस्था देखाएको हो ।
८. माधव–वामदेव छलफल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेवबिचको छलफल सकारात्मक भएको नेताहरूले दाबी गरेका छन् । नेपालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी गरे । एकताबारे केही दिनमै सञ्चारमाध्यमलाई जानकारी दिने बताए ।
९. नयाँ वर्ष, टोपी र धोती दिवस
ग्रेगोरियन पात्रोअनुसार आजदेखि अङ्ग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ ।
यस्तै, सीके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाएको छ । जनमतका नेता तथा कार्यकर्ताले धोती लगाएर माइतीघरमा भेला भएर धोती दिवस मनाएका हुन् ।
जागरूक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ वसन्तपुरमा यो दिवस मनाइएको हो ।
१०. मन्त्रिपरिषद् बैठकका २० निर्णय
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रिपरिषदको बैठकले आचार्यलाई राखेपको उपाध्यक्ष नियुक्त गरेको हो । रुपन्देहीका आचार्य एमाले निकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।
११. ललितपुरमा ५ तारे होटेल
ललितपुरमा गुण समूहको ५ तारे होटेल रोयल टुलिप औपचारिक रुपमा सुरुवात भएको छ । बुधबारदेखि १६ रोपनी क्षेत्रफलमा सो होटलको सुरुवात भएको हो । गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।
१२. युक्रेन
रुस र किएभले बुधबार युक्रेनमार्फत युरोपमा रुसी ग्यास पारवहन रोकिएको बताएका छन् । यसले दशकौँ पुरानो व्यवस्था समाप्त गर्दै छिमेकी देशहरूबीचको युद्धको नवीनतम क्षतिलाई दर्शाएको छ । रुसी ग्यास सन् १९९१ मा सोभियत सङ्घको अन्त्यदेखि युक्रेन पार गर्ने पाइपलाइनहरू मार्फत युरोपमा आपूर्ति गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किंग्स क्रिकेट एकेडेमीलाई स्युचाटार क्रिकेट लिगको उपाधि
-
निबन्धबारे गम्भीर विमर्श आवश्यक
-
‘मेरो महिनावारी हरियो’
-
सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने
-
मधेसवादी नेताहरूको निष्कर्ष : मधेसी दलबिच एकता आवश्यक तर पहिला विगतको समीक्षा गर्नुपर्छ !
-
रास्वपा केन्द्रीय समिति बैठक : संविधान संशोधनदेखि रविको मुद्दाबारे छलफल