ललितपुरमा ५ तारे होटल रोयल टुलिपको सुरुवात
बुधबार, १७ पुस २०८१, २२ : ३८
![ललितपुरमा ५ तारे होटल रोयल टुलिपको सुरुवात](https://npcdn.ratopati.com/media/news/hotel-royal-tulip-_nepal-photo-library-10_tbSQrCPoLN.jpg)
काठमाडौँ । ललितपुरमा गुण समूहको ५ तारे होटेल रोयल टुलिप औपचारिक रुपमा सुरुवात भएको छ । बुधबारदेखि १६ रोपनी क्षेत्रफलमा सो होटलको सुरुवात भएको हो ।
गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए । होटलमा ३०२ कोठा रहेका छन् । बुधबार एक कार्यक्रमका बिच राजेन्द्र शाक्य र लुभ्र होटलका निर्देशक एवम् भारतको होटल सरोवरका अध्यक्ष अजयकुमार बकायाबिच सो होटल सञ्चालनका लागि औपचारिक सम्झौता भएको छ।
फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी आज देखि नै म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको गुण समूहका अध्यक्ष शाक्यले बताए । फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएका कारण रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल