ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट
![ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट](https://npcdn.ratopati.com/media/news/whatsapp-image-2025-01-01-at-18.55.33_c73586cb_lPhaCnG4gU.jpg)
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।
पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पुरा गर्दैछ । यो छुट योजना पुस १८ गते बिहीबारदेखि पुस २४ गते बुधबारसम्म रहनेछ ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मूल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरूलाई एयरबड प्रदान गर्नेछ ।
ग्राहकहरूले दराजबाट न्यूनतम् रु. १,८०० को खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफूले खरिद गरेको मूल्यमा १८ प्रतिशत, रु. १८०० सम्म मात्र छुट पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल