चितवनका ३१ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

चितवन । चितवनका ३१ हजार पाँच सय ७० किशोरीलाई एचपीभी खोप दिइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि नौ वर्षदेखि १४ वर्ष उमेर समूहका ती किशोरीलाई खोप दिन लागिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनले आज अन्तर्क्रिया आयोजना गरी चार सय ३३ खोप केन्द्रबाट माघ २२ देखि १५ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार ती खोप केन्द्रमा चार सय ५५ स्वास्थ्यकर्मी र नौ सय १० स्वयंसेवक परिचालन गरिने छ । सबै स्थानीय तहहरूले एक हप्ता खोप अभियान सञ्चालन गर्ने छन् भने भरतपुर महानगरपालिकाले १० दिन सञ्चालन गर्ने छ ।
विद्यालयमा रहेका किशोरीलाई विद्यालयमानै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । विद्यालय बाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने उनले बताए । नेपालमा बर्सेनी दुई हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ ।
खोपलाई वार्षिक कार्यक्रममा राखेर निरन्तरता दिइने कार्यालयका प्रमुख दिनेश रूपाखेतीले जानकारी दिए ।उनका अनुसार ९० प्रतिशत किशोरीलाई खोप पुर्याउने, ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले खोप अभियान सुरु गरेको हो । अभियानका क्रममा कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने किशोरीलाई खोप लगाउन लागिएको उनले जानकारी दिए ।
यो खोप नेपालमा आर्थिक वर्ष २०७२/७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
-
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
-
३ दशकदेखि राज्यको अर्बौ सम्पत्ति डाबर नेपालको कब्जामा
-
सेलिब्रेटीमाथि डिजिटल हिंसा : दीपाश्री, सुरक्षादेखि दुर्गेशसम्म कसरी भए सिकार ?
-
मगरभाषा संरक्षण तालिम
-
प्रतिष्ठानमा पार्टी कार्यालय राख्नु गलत: साह