शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय

कर्णालीमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक : ०८४ सम्म गठबन्धन मजबुत बनाइने

बुधबार, १७ पुस २०८१, २० : ४३
बुधबार, १७ पुस २०८१

सुर्खेत । केन्द्रजस्तै कर्णाली प्रदेशमा पनि सत्तारुढ गठबन्धन दलहरूको उच्च स्तरीय राजनीतिक संयन्त्र गठन भएको छ । उक्त संयन्त्रको बुधबार बसेको बैठकले २०८४ सालसम्म नै गठबन्धनलाई मजबुत बनाउने निष्कर्ष निकालेको हो ।

बैठक नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी अध्यक्षतामा एमाले प्रदेश कमिटीको कार्यालयमा बसेको थियो । बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, पूर्व मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, कांग्रेस प्रदेश सभापति ललितजंग शाही, एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह लगायत सहभागी थिए । 

बैठकमा प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरण गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । ‘अहिले जे काम भइरहेको छ, ठिकै छ, त्यसलाई थप प्रभावकारी बनाउने विषयमा बृहत् छलफल भयो,’ ती नेताले भने, ‘आपसी समझदारी र छलफलको माध्यमबाट कर्णाली प्रदेशमा सत्ता सहकार्य एवम् सञ्चालन गर्ने विषयमा पनि व्यापक छलफल भयो ।’

दुई दलबिच असमझदारी सृजना भएमा तत्काल संयुक्त बैठक बसेर समाधान गर्ने सहमति पनि भएको ती नेताले बताए । यसका साथै राजनीतिक स्थायित्वको आधार तयार गर्न प्रदेश स्तरमा आवश्यक भूमिका निर्वाह गर्ने लगायतका समसामयिक विषयमा छलफल भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप