पदस्थापनको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा
जनकपुरधाम । मधेस प्रदेश स्थानीय तहका कर्मचारीहरू पदस्थापनको माग गर्दै आन्दोलनमा उत्रेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा उनीहरूले धर्ना दिएका हुन् ।
स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीले कार्यालयको काम छोडेर धर्नामा बसेका हुन् । पटक–पटक लिखित तथा मौखिक जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको आन्दोलनरत कर्मचारीको गुनासो छ ।
एक वर्ष अगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेस प्रदेशमा पदस्थापनका लागि सिफारिस भएका कर्मचारी कामविहीन भएपछि आन्दोलनमा उत्रेको उनीहरूको भनाइ छ ।
स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक बीरबहादुर सलौराले सम्बन्धित निकायले सुनवाइ नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । मधेस प्रदेशमा एक हजार कर्मचारी स्थानीय तहका कर्मचारी कार्यरत छन् ।
सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीको पदस्थापन भए पनि मधेस प्रदेशका कर्मचारीको पदस्थापन नभएको उनले बताए । पदस्थापन नभएकाले थप सेवा सुविधा पाउन समस्या भएको आन्दोलनरत कर्मचारीको भनाइ छ । उनीहरूले आन्दोलन गर्नुपूर्व मुख्यमन्त्री सतिशकुमार सिंहलाई लिखितरूपमा पदस्थापनको लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीटारको फुटबल रंगशाला निर्माण अन्तिम चरणमा
-
बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश
-
बेलायती राजकुमार दम्पतीले भेटे राष्ट्रपति
-
जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने सरकारको निर्णय
-
लुम्बिनी प्रदेश सभा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक दफावार छलफलका लागि पठाइयो
-
पर्शुराम बस्नेतविरुद्धको मुद्दामा लिखित जवाफ पेस गर्न उच्च अदालतको आदेश