यती एअरलाइन्सले ल्यायो ‘यती ट्राभल कार्ड’, २५ हजारमा १० वटा टिकट

काठमाडौँ । नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यती एअरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ । ‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एअरलाइन्सले यो योजना घोषणा गरेको हो ।
यस योजना अन्तर्गत, ग्राहकहरुले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् । उक्त कार्डमार्फत् सदस्यले यती एअरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एअरलाइन्सले जनाएको छ । एअरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको छ ।
यती एअरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त योजनाबारे थप जानकारीका लागि यती एअरलाइन्सको आधिकारिक वेबसाइट www.yetiairlines.com हेर्न सकिन्छ । ट्राभल कार्ड लिनका लागि यो लिंक https://bit.ly/4gSyb7C मा क्लिक गरी आफ्नो विवरण रजिष्ट्रर गर्न सक्नुहुनेछ ।
www.yetiairlines.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा