बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी : अध्यक्ष भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष भट्टराईले नेपाल विश्वमै आईक्युमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति हुनुपर्ने बताए । उनले साधन र स्रोतको सीमितता सबैमा ठाउँमा भएपनि त्यो सीमित स्रोतमा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा भर पर्ने बताए ।
अध्यक्ष भट्टराईले शिक्षाको विकास र मुलुकको आर्थिक तथा सामाजिक विकासका नीति नियमहरू बुझका लागि सही राजनीति नै आवश्यक पर्ने बताए । उनले भने, ‘हामी गरिब छौँ, सबै छौँ तर दिमागको गरिबी सबैभन्दा खतरनाक कुरा हो । त्यसलाई सच्याउने र सुधार्ने भनेको शिक्षाबाटै हो । फेरि सबैको केन्द्रमा राजनीति नै हुन्छ । हामी शिक्षाका लागि बजेट र प्राथमिकिकरणका कुराहरू गर्नुपर्ने हुन्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपालमा सार्वजनिक शिक्षा लिनेको संख्या निरन्तर ओरालो लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले सहरीकरण बढेसँगै सार्वजनिक शिक्षा लिने विद्यार्थीको संख्यामा निरन्तर गिरावट आइरहेको बताए । उनले पछिल्लो पैसा भएकोले मात्र शिक्षा किन्नसक्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताए ।
उनले भने, ‘पछिल्लो समय नेपालमा सार्वजनिक शिक्षा लिनेहरूको संख्या निरन्तर घटेर ७५ प्रतिशतभन्दा तल पुगेको छ । नेपाल जति अर्गनाइज हुँदैछ, जति सहरीकरण हुँदैछ त्यति सार्वजनिक विद्यालयहरू र विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घटेको देखिन्छ । सहरीकरणसँगै नेपालको सार्वजनिक विद्यालय अथवा सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दो छ ।’
सांसद खनालले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टी राज्यले दिन नसकेको बताए । उनले शिक्षामा सबैको पहुँच पुर्याउन सरकारले निजी शैक्षिक संस्थाहरूलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ
-
धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का