विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा कटुवाल
![विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा कटुवाल](https://npcdn.ratopati.com/media/news/sez_wwHXMmQwXf.jpg)
काठमाडौँ । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको हो ।
यसअघि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस हुनेमा बुढीगंगा–४ बाजुराका छत्रबहादुर कटुवाल, काठमाडौँ महानगरपालिका–१० का नवराज सापकोटा र मौवाखोला गाउँपालिका–३ ताप्लेजुङका रामप्रसाद पौडेल थिए ।
प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको लागि २०८१ असार १२ गते सूचना प्रकाशन गरिएको थियो । उक्त सूचनाका आधारमा दरखास्त स्वीकृत उम्मेदवारमध्ये प्राधिकरणको कार्यकारी निर्देशक सिफारिससम्बन्धी कार्यविधि २०८१ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई सिफारिस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल