दाङमा करिब ८४ प्रतिशतले नवीकरण गरे क्रियाशील सदस्यता
दाङ । सत्तामा रहेको दल नेपाली कांग्रेसले दामा करिब ८४ प्रतिशत क्रियाशील सदस्यता नवीकरण गरेको छ । पार्टीको सय दिने अभियान सम्पन्न गर्न जिल्लामा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाईली खटिएका थिए । सो अभियानका क्रममा उक्त सफलता हासिल गर्न सफल भएको केन्द्रीय सदस्य स्नेहीले जानकारी दिए ।
‘आज सय दिने अभियान सम्पन्न गर्यौँ । अभियान सम्पन्न गर्दै गर्दा ८३.६७ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएको छ‚’ उनले रातोपाटीसँग भने‚ ‘१८ हजार ९०६ जना क्रियाशील भएकोमा करिब ८४ प्रतिशत नवीकरण भएको हो ।’
उनले क्रियाशील सदस्य मध्ये ६३ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै‚ क्रियाशील सदस्यता नवीकरण गर्न आवेदन दिएका तर‚ लेवि भुक्तान नगरेका ३ प्रतिशत जति संख्या रहेको पनि उनले बताए ।
‘आफू स्वयम् उपस्थित हुन नसकेको तर क्रियाशीलको फारम भरेका विदेशमा रहेकाहरूको संख्या करिब ५ प्रतिशत छ‚’ उनले भने‚ ‘यो महिना भित्र ९६ प्रतिशत क्रियाशील सदस्यता नवीकरण यहाँ हुन्छ ।’
केन्द्रीय सदस्य स्नेहीका अनुसार अभियानका क्रममा १० वटा स्थानीय तह र सय वटामा वडामा पार्टीका शीर्ष नेताहरूलाई खटाएर क्रियाशील सदस्यताको वास्तविक अवस्था पत्ता लगाउने‚ भातृ शुभेच्छुकको अवस्था पत्ता लगाउने‚ खाली रहेका विभिन्न पदमा सहमतिको आधारमा चयन गर्ने काम पनि भएको छ । यसबाहेक अधिवेशन गर्न बाँकी भातृ संस्थाको क्यालेन्डर बनाएर अधिवेशन गराउने गरी सहमति र निर्देशन गर्ने काम पनि भएको छ ।
अभियानको क्रममा १० वटै पालिका प्रमुख र उपप्रमुखलाई बोलाएर गरिएको छलफल अनुसार प्रत्येक तीन महिनामा समीक्षा बैठक गर्ने र स्थानीय सरकारलाई जनउत्तरदायी र जबाफदेही बनाउने निर्णय पनि भएको छ ।
‘उनीहरूले तत् तहका पार्टी संरचनासँग बजेट‚योजना देखि लिएर सबै विषयमा जबाफदेही बन्ने र छलफल गर्ने मात्र होइन जनताप्रति जबाफदेही र पार्टीप्रति उत्तरदायी बनाउने गरी निर्देशन दिने काम अभियानको क्रममा भयो‚’ उनले थपे ।
अभियानले स्थानीय तहमा बढ्दो बेरूजु र भ्रष्टचार नियन्त्रणका लागि आवश्यक पहल चाल्ने विषयमा गम्भीर छलफल र समीक्षा गरेको स्नेहीले बताए ।
‘यसका लागि प्रत्येक तीन तीन महिनामा जिल्लाको पार्टी कार्यसमितिले जनप्रतिनिधिलाई सचेत गराउन प्रत्येक स्थानीय तहलाई छुट्टाछुट्टै बैठक गर्ने र समन्वय गराउने गरी निर्णय भएको छ‚’ उनले थपे ।
अभियानले महासमितिको बैठकले पारित गरेको पार्टीको महत्त्वपूर्ण र अनिवार्य घोषणालाई तल्लो तहसम्म कार्यान्वयन गराउने निर्णय सहित निर्देशन दिने काम गरेको उनले जानकारी दिए ।
‘यसबाहेक पार्टीलाई बलियो र सुधार गर्न मात्र होइन जनउत्तरदायी बनाउन विभिन्न निर्णय र निर्देशन दिन काम भएको छ‚’ उनले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथ विस्तारले बिजोग : धुलो र हिलोको बानी नै परिसक्यो !
-
सम्बन्ध विच्छेदको खबरबिच सँगै देखिए अभिषेक र ऐश्वर्या
-
जब बुमराहले बिचैमा मैदान छाडे
-
प्रथम नेपाली स्रष्टा ललितत्रिपुरसुन्दरीको नालीबेली
-
उत्तर भारतमा बाक्लो कुहिरो, उडान तथा रेल सेवा प्रभावित
-
सिड्नी टेस्ट नखेलेको बारे रोहितको प्रतिक्रिया, संन्यासबारे के भने ?