प्रदेश लिग फुटबल : सिन्धुलीलाई हराउँदै दोलखा फाइनलमा प्रवेश

मकवानपुर । बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सिन्धुलीलाई हराउँदै दोलखा फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लु अल्पाइन क्लबलाई पराजित गरेको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन भइरहेको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा दोलखाले २–१ गोल अन्तरले सिन्धुलीलाई पराजित गरेको हो । खेलको पहिलो हाफको ३१ औँ मिनेटमा दोलखाका लागि मिलन श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा सिन्धुलीको तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई १÷१ गोलको बराबरीको स्थितिमा पुर्याएका थिए । बराबरको स्थितिमा पुगेको सिन्धुली खेलको ६४ औँ मिनेटमा पुनः पछि पर्यो । दोलखाको तर्फबाट सम्भुजन श्रेष्ठले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच दोलखाका उत्तम खत्री घोषित भए । उनले ३ हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत भोलि बिहीबार सेमिफाइनल चरणको अन्तिम खेल हुनेछ । सो खेलमा ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत शनिबार फाइनल खेल हुनेछ । प्रतियोगितामा ११ जिल्लाको लिग विजेता टिमहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई